४ आश्विन २०८० २०:०९
४ आश्विन २०८० २०:०९
—वैरागी जेठा हिँडिरहेछ यात्री जबासँगसँगै । चुचुराहरू पग्लिरहेछन् गोठालाहरू हिङ पग्लेझैँ सभ्यताका एकतारेहरू गीत गाउँछन् गरल डाँडामा अनेकौँ पक्षीहरू संवेदनशील पत्रहरू लेख्छन् देवल डाँडामा बसेर गोर्की ,लुसुन ,देवकोटा र पौड्याल झल्किन खोज्छन् पाटनहरू बेथिति बादल कुँदिरहेछन् विस्मित समाचार लिएर यात्रीको अनुभूतिमा चमेराझैँ झुन्डिएका छन् आँत भाँचिएका मान्छेहरू । ठाँगे, रामाघाट सुनसान बनाएर देहरादुन सरेको छ बसाइँ । मानसरोवर तक्लाखार , जामुकुईनेहरू अलापिरहेछन् स्वर्णिम विचारहरू चसक्क कोरे काँडाहरूले नाग्मको बजारमा । राडी,पाखी बेच्न निस्केका डल्ले ,भुन्टे ,पुन्टेहरू अझै घर फर्केका छैनन् जाबेस्वरसँगसँगै सुख्खा,ठन्डा, शीतोष्ण चलिरहेछ पानी छुनै नसकिने ओ हो ! नागराजको पतनसँगै जीवनहरू रूखो रूखो भएछन् यहाँका वस्तिहरूमा । …