२ पुष २०८० १७:१८
२ पुष २०८० १७:१८
२ पुस, काठमाण्डौं - आइतबार पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले भर्चुअल जलसा (र्याली) आयोजना गरेका छन् । पाकिस्तान सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरिदिए पनि आइतबार एसिया, युरोप र अमेरिकासहित विश्वभरका समर्थकहरूले भर्चुअल जलसा (र्याली) आयोजना गरेका हुन् । खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले आसन्न चुनावसम्बन्धी सार्वजनिक भेलामा सरकारले आफ्ना कार्यकर्तालाई अवरोध पुर्याएको विरोधमा ‘भर्चुअल पावर शो’ आयोजना गरेको जनाएको छ । डिजिटल अधिकार, साइबर सुरक्षा र सुशासन प्रवर्द्धन गर्दै आएको अन्तर्राष्ट्रिय इन्टरनेट नियमन संस्था, नेटब्लक्सले पाकिस्तानको इन्टरनेट सेवा अवरुद्ध भएकोबारे पुष्टि गरेको छ । स्थानीय प्रयोगकर्ताहरूले पनि लाहोर, कराची र इस्लामाबादमा…