२४ आश्विन २०८० ०८:४३
२४ आश्विन २०८० ०८:४३
*डा.कौशिला रिसाल हामी प्रत्येकसँग मुटु हुन्छ मुटु धड्कन हो, विश्वास हो कसैको भरोसा हो मायाको आवास हो । मुटु विशेष हुन्छ आफ्नाहरूको मुटु झन् विशेष हुन्छ मुटुभित्र राखेर जतनले हुर्काएका सन्तान झनै विशेष हुन्छन् । यतिबेला आशाको हरियो डालीमा पलाएको रहरको कोपिला फक्रिन नपाउँदै उडाइदिएको छ दशाको आँधीले पिरको नासो थमाएर सन्तान सुतेदेखि चीर निद्रामा बेस्सरी हल्लिएर आमाको मुटुबाट निस्किहेका छन् चीत्कारको आर्तनाद स्वर । शून्यतामा बिलाएका छन् आँखाबाट झरेका आँसुका ढिका, निदारबाट तप्प चुहिएर बिलाएको एक बुँद पसिनाजस्तै खत्रक्कै खसेर हमासको माटोमा बिलाएपछि आफ्नो प्रतिबिम्ब उतै छोडिएको छ सपनाको सुन्दर घर टुटेको छ जीवनको शृङ्खला हिउँदे बतासको एक झोक्का…