७ चैत्र २०८१ ०७:१६
७ चैत्र २०८१ ०७:१६
धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छत्र खड्काले बुधबार आफ्ना २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। केन्द्रिय क्याम्पसमा बिएएलएलबी छैटौं सेमेस्टरमा अध्यनरत खड्काले मंगलबार फेसबुकमा भिडियो पोस्ट गर्दै स्वतन्त्रबाट सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। त्यसको दुईदिन पछि बिहिवार उनले पुनः फेसबुक मार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। खड्काले आफ्ना चुनावी एजेन्डामा विद्यार्थीहरुलाई एकताबद्ध गर्ने देखि लिएर विश्वविद्यालयको आफ्नै मिडिया हाउस स्थापना गर्ने सम्मका कुराहरू समेटेका छन्। यस्तै विश्वविद्यालयको शैक्षिक तथा आन्तरिक सूचना प्रवाहको लागि छुट्टै मोबाइल एप्स संचालनमा ल्याउने, विश्वविद्यालयमा साहित्यिक महोत्सवको आयोजना गर्ने,…