Naya Update

अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

६ पुस, काठमाडौं - काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्। अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो। सूचना:
Read More
एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधनगर्दै प्रधानमन्त्री

एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधनगर्दै प्रधानमन्त्री

६ पुस, मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् । ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ । यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भने,  ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठुलो सम्बोधन…
Read More
कृषिप्रधान मुलुकको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न सक्दैनन् : कांग्रेस महामन्त्री गगनकुमार थापा

कृषिप्रधान मुलुकको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न सक्दैनन् : कांग्रेस महामन्त्री गगनकुमार थापा

६ पुस, उदयपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले समानुपातिक निर्वाचन प्रणालीको विरोध भइरहेको भन्दै समावेशी नेपालका लागि मिश्रित निर्वाचन प्रणालीको विकल्प नभएको बताएका छन् । शुक्रबार कटारीमा उदयपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले मिश्रित समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको, तर नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने चलन नचाहिएको बताए । ‘हामीले समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पना गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो,’ उनले भने, ‘तर यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन ।’ महामन्त्री थापाले अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने…
Read More
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

६ पुस, काठमाण्डौं - स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । गएको असोज २४ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निलम्बन गर्ने निर्णय गरिएको थियो । असोज २६ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. बसौलालाई तीन महिनाका निम्ति निलम्बन गरिएको पत्र पठाएका थिए । निर्देशक पदमा रहँदा बोर्डलाई हानि–नोक्सानी हुने काम गरेको र सोको प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई निलम्बनको पत्र थमाइएको थियो । निलम्बनको निर्णयअघि मन्त्री बस्नेतले डा.…
Read More
नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु : प्रधानमन्त्री पुष्पकमल दाहाल

नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु : प्रधानमन्त्री पुष्पकमल दाहाल

६ पुस, सुनसरी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सधैं निरन्तरतामा क्रमभंगताको कुरा गरेको भन्दै  प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्मित ४०० केभी इनरुवा सबस्टेसन उद्घाटनका क्रममा शुक्रबार उनले आफू नयाँ ‘धक्का’को नजिक पुगेको बताएका हुन् । प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोसिस गरिरहेको उनले उल्लेख गरे । अबको निर्णय जनताको साथमा हुने उनले बताए । जनतालाई निराश पार्ने भाष्यप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट टाढा रहन आग्रह गरे । उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत…
Read More
कोरियन भाषा परीक्षामा अहिलेसम्मकै धेरै आवेदन

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै धेरै आवेदन

६ पुस, काठमाण्डौं - कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। शुक्रबार दिउँसो सम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले जनकारी दिए । पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा शुक्रबार राति १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ। अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ। तीन वर्षयता अनलाइनमार्फत् इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो।  ‘तोकिएको अवधिसम्म आवेदन दिनेको संख्या दुई लाखसम्म बढ्ने देखिन्छ,’ सुवेदीले भने,‘गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन्, यसो हुँदा…
Read More
इजरायल र हमासबीच लगातार संघर्ष हुँदा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

इजरायल र हमासबीच लगातार संघर्ष हुँदा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

५ पुस, काठमाण्डौं  - इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् ।  यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको प्यालेस्टाइनले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा…
Read More
साबिक विजेता सुदूरपश्चिम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित

साबिक विजेता सुदूरपश्चिम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित

५ पुस, काठमाण्डौं  - साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो । एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २०…
Read More
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

५ पुस, काठमाण्डौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले 'संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने' बताएको छ । 'एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मसहित अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्‌भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको' राप्रपाको ठहर छ । "राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन । त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई…
Read More
कांग्रेस पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको छ : शेरबहादुर देउवा

कांग्रेस पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको छ : शेरबहादुर देउवा

५ पुस, जनकपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीबार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताए । उनले भने, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा काँग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । काँग्रेसले अवश्य नै भोलिका दिनमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search