Naya Update

पत्रकार महासंघविरुद्ध सर्बोच्चमा रिट दर्ता

पत्रकार महासंघविरुद्ध सर्बोच्चमा रिट दर्ता

पत्रकार महासंघविरुद्ध सर्बोच्चमा रिट दर्ता

नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्। वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ। रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ। यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश…
Read More
टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ। विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए। खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए। नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुईवटा विद्युत् पोल पनि उपलब्ध गराएको छ। सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए। ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ…
Read More
नवनिर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई प्रचण्डले दिए बधाई

नवनिर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई प्रचण्डले दिए बधाई

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन्। अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन्। अध्यक्ष प्रचण्डले भनेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबिचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’
Read More
देशका ७६ जिल्लामा डेङ्गुको संक्रमण, ६ जनाको मृत्यु

देशका ७६ जिल्लामा डेङ्गुको संक्रमण, ६ जनाको मृत्यु

अहिले नेपालका ७६ जिल्लामा डेङ्गुको संक्रमण देखिएको छ। हुम्लाबाहेक देशभर डेङ्गु रोगको सङ्क्रमण देखिदा सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेङ्गुको जोखिम हुने बताए। 'साधारणतया डेङ्गु सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ,' उनले भने, 'त्यसपछि जाडो याम शुरू हुने भएकाले डेङ्गु सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन्।' प्रमुख डा. दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। हालसम्म डेङ्गु रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।
Read More
सुनको भाउमा आज नयाँ कीर्तिमान

सुनको भाउमा आज नयाँ कीर्तिमान

आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सयले बढेको हो। शुक्रबार १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको भाउ अहिलेसम्मकै उच्च हो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Read More
कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ। शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट)सम्पन्न गरेको हो। हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ। दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो। परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो। जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए। नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन्।…
Read More
रविले सहकारीबाट ९५ करोड ठगेको प्रमाण मसँग छ: मुकुल ढकाल

रविले सहकारीबाट ९५ करोड ठगेको प्रमाण मसँग छ: मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारी बचतकर्ताको ९५ करोड रुपैयाँ ठगेको प्रमाण आफूसँग भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लामिछानेले सहकारीको २ करोड रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा लगेको आरोप पनि लगाएका छन्। ‘नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैल्याए, हामीले त्यसमा विश्वास गर्‍यौँ। कतिपय मिडियाकर्मी साथीहरूले पनि त्यहीअनुसार समाचार प्रशारण गरे’, उनले भनेका छन्, ‘तर नेपालमा ‘स्वेट शेयर’ वा यस्तै प्रकृतिमा लिइने अन्य शेयरका लागि कानुन छ।’ ढकालले रविले २ करोड मात्रै नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि दाबी गरेका छन्।  ‘‘करिब ९५ करोड सहकारीबाट…
Read More
विश्वकप लिग टु अन्तर्गत आज नेपाल-क्यानडा भिड्दै

विश्वकप लिग टु अन्तर्गत आज नेपाल-क्यानडा भिड्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालल्र घरेलु टोली क्यानडाको सामना गर्दैछ। नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज…
Read More
यातायात सिन्डिकेट खारेज गर्ने सरकारको ६ बर्षअघिको निर्णय बदर

यातायात सिन्डिकेट खारेज गर्ने सरकारको ६ बर्षअघिको निर्णय बदर

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको भनी ६ बर्ष अघि सरकारले गरेको घोषणाको निर्ण सर्बोच्च अदालतले बदर गरिदिएको छ। नेपाल ट्रक तथा यातायात व्यवस्था महासङ्घको रिटमा सर्वोच्चले २०७५ वैशाख ४ गतेको मन्त्रीपरिषद् र असार ३१ गतेको मन्त्रिस्तरीय निर्णय बदर गरेको हो। सरकारको निर्णयपछि संस्था दर्ता ऐन अनुसार गठित अधिकांश समिति कम्पनीमा रूपान्तरण भएका छन् तर अदालतले समिति खारेज वा विघटनको अधिकार मन्त्रीपरिषद्लाई नरहेको फैसला गरेको हो। मुद्दाका कारण महासङ्घ भने कम्पनीमा रूपान्तरण भएको छैन। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको २०८० चैत २० गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो । संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएका…
Read More
इजरायलद्वारा गाजामा पुनः हवाई आक्रमण, १९ जनाको मृत्यु

इजरायलद्वारा गाजामा पुनः हवाई आक्रमण, १९ जनाको मृत्यु

इजरायलले गाजाको मानवबस्तीमा गरेको हवाई आक्रमणमा परी महिला र बालबालिकासहित १९ जनाको मृत्यु भएको छ। त्यहाँको नागरिक सुरक्षा विभागका अनुसार एकै घरका ११ सहित १९ जनाको मृत्यु भएको हो। उत्तरपश्चिमी गाजा सहरमा दार अल-अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search