२ पुष २०८० १३:१८
२ पुष २०८० १३:१८
२ पुष, ललितपुर — आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति असन्तुष्टि जनाएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’ बालेनले उठाएका विषयको जवाफ दिँदै प्रचण्डले खोला किनारका…