११ फाल्गुन २०८१ १७:३१
११ फाल्गुन २०८१ १७:३१
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिकहरूले उडानमा ढिलाइ भएको जनाएका छन्। भिसा आइसकेको तर, उडान तालिका नआउँदा आफूहरू मर्कामा परेको सम्बन्धित श्रमिकको भनाइ छ। ईपीएस अन्तर्गत छनोट भएर सबै प्रक्रिया पूरा गरिसकेका तर, पर्याप्त उडान उपलब्ध नहुँदा आफूहरू जान नपाएको बताएका हुन्। एक श्रमिकले उडानमा ढिलाइ हुँदा भिसा रद्ध हुने अवस्था आएको बताए । एक हजार ७०० को सङ्ख्यामा आफूहरू उडान तालिकाको पर्खाइमा रहेको ती श्रमिकको भनाइ छ। ‘नेपाल सरकार र दक्षिण कोरियाली सरकारबिचको सम्झौताअनुसार श्रमिकहरू निश्चित समयसीमाभित्र रोजगारदातासँग आबद्ध हुनुपर्ने हुन्छ। तर, हाल उडान सङ्ख्या अत्यन्त कम हुँदा १७०० भन्दा बढी नेपाली श्रमिकहरू अन्योलमा परेका छौँ,’ ती…