१९ कार्तिक २०८० ०८:१५
१९ कार्तिक २०८० ०८:१५
जर्मन, १९ कार्तिक । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ । शनिवार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो । उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो । गोली हानेपछि व्यक्तिले कारबाट दुई वटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ । जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा…