१८ भाद्र २०८० १३:५१
१८ भाद्र २०८० १३:५१
–दीपेन्द्रसिंह थापा उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिइदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यस कारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ । बडादसैँको पूर्व सन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रि बसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबै सबै देखिन्थे आफ्नै आफ्नै आत्तुरीमा, आफ्नै आफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले…