२९ माघ २०८१ १८:४०
२९ माघ २०८१ १८:४०
डिजिटल वालेट ईसेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ। आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै बैंकले यस्तो सेवा सुरु भएको जानकारी दिएको हो। यससँगै अब ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन्। त्यस्तै, मासिक रूपमा ५० पटकसम्म बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिने छ। अब इसेवा प्रयोगकर्ताले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटिएमबाट सजिलै पैसा निकाल्न सक्नेछन्। यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको छ । एटिएम निकासी गर्ने प्रक्रिया २ चरणको रहेको छ। पहिलो चरणमा इसेवा प्रयोगकर्ताले आफ्नो…