१७ आश्विन २०८० १५:४४
१७ आश्विन २०८० १५:४४
का ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन । चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर…