Naya Update

प्रवास

विद्युतीय कारोबारमा हुने ठगी रोकथामका लागि अन्तरक्रिया कार्यक्रम हुँदै

विद्युतीय कारोबारमा हुने ठगी रोकथामका लागि अन्तरक्रिया कार्यक्रम हुँदै

दक्षिण कोरियामा सक्रिय नेपालीद्वारा सञ्चालित सुदूरपश्चिम समाज दक्षिण कोरियाले विद्युतीय कारोबारमा हुने ठगी रोकथाम बारे सचेतता गराउन सनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। बुधबार सुदुरपश्चिम् समाज कोरियाले सूचना जारी गर्दै विद्युतीय कारोबार अन्तर्गत बित्तीय तथा बैंकिङ ठगी रोकथाम सम्बन्धि सचेतताका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आउँदो अप्रिल ६ मा साँझ ७ बजे भर्चुअल माध्यम 'जुम' बाट कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा अन्तरक्रियाका लागि ग्लोबल आईयामई बैंक कोरिया शाखाका प्रमुख ईश्वर धामीलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बैंकिङ कसुर तथा सजाय र सुरक्षित बैंकिङ तथा रेमिट्यान्स सम्बन्धित लगायत अन्य विद्युतीय कारोबार सम्बन्धि विविध पक्षमा अन्तरक्रिया हुने…
Read More
नेपाल-कोरिया उडानमा कोरियन एयरलाइन्सको एकाधिकार समाप्तिको माग गर्दै संयुक्त ज्ञापनपत्र पेश

नेपाल-कोरिया उडानमा कोरियन एयरलाइन्सको एकाधिकार समाप्तिको माग गर्दै संयुक्त ज्ञापनपत्र पेश

नेपाल-दक्षिण कोरिया उडानमा कोरियन एयरको एकाधिकार समाप्तिको माग गर्दै कोरियामा रहेका विभिन्न १४ वटा सामाजिक संघसस्था तथा राजनीतिक दलका प्रवास संगठनहरूले संयुक्त ज्ञापन पत्र जारी गरेका छन्। आइतबार ती संघसंस्था तथा राजनीतिक संगठनहरुले कोरियन एयरलाइन्सले असुल्दै गरेको चर्को भाडादर नियन्त्रण गर्न माग गर्दै राजधानी "सौल" स्थित नेपाली राजदूतावासमा राजदूत डा. ज्योति प्याकुरेल भण्डारी समक्ष जारी ज्ञापन पत्र पेश गरेका हुन् । कोरिएन एयरलाइन्सले सन् २००६ को नोभेम्बर ११ देखि इन्छन-काठमाडौ-इन्छन सिधा उडान गर्दै आइरहेको थियो। कोभिड-१९ का कारण २०२० को मार्च देखि उडान अवरुद्ध भएको थियो। केही समयका लागि महँगो भाडादरमा चार्टर उडान मार्फत आवतजावत सुरु गरिएतापनी हालसम्म भाडादर उहीँ…
Read More
मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरिया कार्यसमिति गठन

मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरिया कार्यसमिति गठन

मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार सम्पन्न विश्वकर्मा समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनबाट होटलव्यवसायी सेन्चुरीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन भएको हो। अधिबेशनको उदघाटन गर्दै एनरआरएन अध्यक्ष बुद्धि गुरुङले संगठन नै बल हो समाज रुपान्तरणको लागी आफै अगाडि बढ्नु पर्ने बताउनु भयो। कोरिया बसाइ सहज सरल गर्न, स्वस्थ र खानपान ,स्ट्र्स ब्यबस्थापन गर्न जान्नु पर्ने बताउदै नेपाल सम्पर्क समितिका अध्यक्ष हरी प्रसाद खनालले समाजसंग सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो। समाज अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा कास्की परीवारका संरक्षक खोम प्रसाद गुरुङ, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, कास्की परिवारका…
Read More
कोरियाको बुसान स्थित समुद्री तटमा खुल्यो नेपाली भारतीय परिकारको रेस्टुरेन्ट

कोरियाको बुसान स्थित समुद्री तटमा खुल्यो नेपाली भारतीय परिकारको रेस्टुरेन्ट

दक्षिण कोरियाको बुसान शहरमा नयां ईण्डियन तथा नेपाली रेष्टिुरेण्ट 'रोयल ईण्डिया' खुलेको छ। पर्यटकहरूको आकर्षक गन्तव्य मानिएको हेउन्दे समुन्द्री तट नजिकै रहेको रोयल ईण्डिया रेष्टुरेण्टमा सम्पूर्ण नेपाली तथा भारतिय परिकारहरूको स्वाद लिन सकिने सन्चालक नारायन शर्माले बताए। शर्माका अनुसार नेपालीहरूलाई सलनालको अवसरमा बिशेष छुटका साथ सेवा उपलब्ध गराईरहेको भन्दै सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरेका छन्।
Read More
सेन्ट-वी रेमिट्यान्सद्वारा भुकम्प पीडितहरुका लागि सहयोग रकम हस्तान्तरण

सेन्ट-वी रेमिट्यान्सद्वारा भुकम्प पीडितहरुका लागि सहयोग रकम हस्तान्तरण

सेन्ट-वी रेमिट्यान्सले नेपालमा भुकम्प पीडितहरुका लागि आर्थिक रकम सहयोग गरेको छ। आइतबार सेन्ट-वी रेमिट्यान्सले सिओल स्थित नेपाली दूतावास मार्फत सहयोग उपलब्ध गराएको जनाएको हो।   दक्षिण कोरियामा भरपर्दो रेमिट्यान्सको विश्वास बटुलेको सेन्ट-वी रेमिटेन्सले गतबर्षको डिसेम्बरमा डिसेम्बर लक्षित स्किम सार्वजनिक गरेको थियो। जसमा विभिन्न आकर्षक उपहार सहित बम्पर उपहारमा बुलेट मोटर बाइक घोषणा गरेको थियो। सेन्ट-वी ले उक्त मोटरबाइकको बिजेतालाई मोटरसाइकल उपलब्ध गराएको छ।  
Read More
कोरियाली भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन

कोरियाली भाषा परीक्षाका लागि डेढ दशकमा साढे ७ लाख नेपालीको आवेदन

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ । पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । त्यसका लागि नेपालमा भाषा परीक्षाको कक्षा सिक्छन् । भाषा परीक्षा सिकेर भाषा परीक्षा दिएर पास भएको खण्डमा नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउँछन् । यो क्रम विगत १६ वर्षदेखि निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा रोकिएको थियो । त्यो बाहेक भने हरेक वर्ष कोरियाले नेपालसहित विभिन्न १६ देशबाट श्रमिकहरू लगिरहेको छ । नेपालबाट हालसम्म १ लाख १० हजारभन्दा बढी…
Read More
सुदुरपश्चिम समाज कोरियाले सलनालमा विधान अधिवेशन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

सुदुरपश्चिम समाज कोरियाले सलनालमा विधान अधिवेशन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेको सुदूरपश्चिमेलीहरुको साझा संस्था सुदुरपश्चिम् समाज दक्षिण कोरियाले कोरियन नववर्षको अवसर पारी एक कार्यक्रम आयोजना गर्ने भएको छ। सुदूरपश्चिम समाज कोरियाले कोरियाको नववर्ष सालनालको अवसर पारी फेब्रुअरी ९ तारिखमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सुदुरपश्चिमका प्रतिभावान कलाकार सहित साहित्यकार तथा देउडा खेलका मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजक समाजले बताएको छ। त्यसैबिच सुदुरपश्चिम् समाज कोरियाको विधान अधिवेशन पनि हुने आयोजक समाजले जनाएको छ सुदूरपश्चिम समाजले संस्थालाई थप उन्नत, सेवामुखी, अग्रमुखी र अझै दरिलो बनाउनको निमित्त पनि कार्यक्रम आयोजना गर्न लागेको बताएको छ। उक्त कार्यक्रम दिउँसो १२:३० बजे राजधानी सौलमा आयोजना हुने आयोजले जनाएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search