Naya Update

खेलकुद

ऐतिहासिक पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख 

ऐतिहासिक पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख 

पेरिस पारालम्पिक्समा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिएको छ। युवा तथा खेलकूद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार मै कार्यक्रम गरेर प्रधान्मन्त्री केपी शर्मा ओलीमार्फत पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। सरकारले प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरेको छ। राष्टिय खेलकूद विकास नियमावली अनुसार खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति सरकारले लिएको बताए। पलेशा नेपाली…
Read More
पेरिस ओलम्पिक: पाकिस्तानले जित्यो किर्तिमानी स्वर्ण

पेरिस ओलम्पिक: पाकिस्तानले जित्यो किर्तिमानी स्वर्ण

पेरिस ओलम्पिकमा पाकिस्तानका अर्साद नदिमले स्वर्ण पदक जितेका छन्। ज्याभलिन थ्रोमा उनले ओलम्पिक कीर्तिमान कायम गर्दै साबिक विजेता तथा विश्व विजेता भारतीय खेलाडी नीरज चोपरालाई पछि पारे। सो स्पर्धामा ग्रेनडाका एन्डरसन पिटर्सले कास्य पदक जिते। कोभिडबाट सङ्क्रमित हुनुको बाबजुद पौडिएका तीन पटकका विश्व च्याम्पियन अमेरिकी नोह लायस दुई सय मिटर दौडमा तेस्रो भए। सो स्पर्धामा बोत्सवनाका लेटसिलो टेबोगोले स्वर्ण तथा अमेरिकाका केनेथ बेडरनेकले कास्य पदक जिते। १०० मिटरमा स्वर्ण जितेका लायसले गत विश्व च्याम्पियनसिपमा पनि शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेका थिए। पेरिस ओलम्पिकमा बिहीबारको खेल सकिँदा अमेरिका ३० स्वर्ण सहित शीर्ष स्थानमा छ। अमेरिकाका लागि सिड्नी म्याकगाउलेनले महिला ४००…
Read More
श्रीलंकाले जित्यो २७ बर्षपछि भारतविरुद्ध ओडिआई सिरिज

श्रीलंकाले जित्यो २७ बर्षपछि भारतविरुद्ध ओडिआई सिरिज

धिरेन्द्र भट्ट। श्रावण २३   तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले २७ बर्षपछि भारतविरुद्दको एकदिवसीय(ओडिआई) क्रिकेट सिरिज जितेको छ। बुधबार राजधानी कोलम्बोको प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंकाले अन्तिम खेल जित्दै २७ बर्षपछि भारतविरुद्ध सिरिज जित्न सफल भएको हो। २ सय ४९ रनको लक्ष्य पाएको भारतले २६ ओभरमा १ सय ३८ मा अलआउट हुन पुग्यो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रन बनाउदा विराट कोहलीले २० रन जोडे। भारतलाई जितबाट रोक्न दुनिथ वेल्लालगेले ५ तथा महेश थेक्षाना र जेफ्री वान्डरसेले २-२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५०…
Read More
भारतलाई फाइनलमा स्तब्ध पार्दै श्रीलंका एसिया वुमेन्स च्याम्पियन

भारतलाई फाइनलमा स्तब्ध पार्दै श्रीलंका एसिया वुमेन्स च्याम्पियन

भारतमाथि सानदार जित निकाल्दै श्रीलंका पहिलोपटक एसिसी वुमेन्स एसिया कपको बिजेता बनेको छ। आइतबार रंगिरि डम्बुला स्टेडियममा भएको फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंका उपाधी जित्न सफल भएको हो। भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ बलमा पूरा गर्यो। श्रीलंका लागी हर्सिथा समराविक्रमाले सर्वाधिक ७९ रनको अविजित इनिङ खेलिन। उनले आफ्नो पारिमा ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन। श्रीलंकाका लागी अर्कि ब्याट्सम्यान कप्तान चमारी अट्टापटुले ६१ रनको अर्धसतकीय पारी खेलिन। यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १६५ रनको लक्ष्य तयार पारेको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान स्मृति मन्धानाले…
Read More
कोरियामा दोस्रो खप्तड भलिवल कप २०२४ को तयारी अन्तिम चरणमा

कोरियामा दोस्रो खप्तड भलिवल कप २०२४ को तयारी अन्तिम चरणमा

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।समाजले आयोजना गरेको दोस्रो खप्तड कप प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको समाजले जनाएको छ । भलिबल संघको समन्वयमा सुप समाज दक्षिण कोरियाको आयोजनामा सुवनमा खेलिने प्रतियोगिताको टाइसिट यहि महीना को ०७ तारिख एभरेस्ट करि रेस्टुरेन्ट दोङदेमुनमा राखिएको छ । सुप समाजले लामो समय पछि आयोजना गर्न लागेको प्रतियोगितामाको यहि महिना ०७ तारीख आइतबार १२ बजे सम्म टिम दर्ता समय रहेको प्रतियोगिता का ब्यवस्थापन संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र रोकायाले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष रोकायाले लगभग दुई दर्जन भन्दा बढी टिम बिच प्रतिस्पर्धा गराइने जानकारी गराउदै…
Read More
सगरमाथा लाई एम्पुटी फुटबलको उपाधि

सगरमाथा लाई एम्पुटी फुटबलको उपाधि

बिकाश सिंह महता / असार २२ गते शुक्रबार काठमाडौ : नेपालमा खेलकुद क्षेत्रको बिकासका लागि एकाएक चहलपहल बढ्ने गरेको यो पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरुले खेलिने एम्पुटी फुटबल प्रतियोगिता सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ पारा राष्ट्रिय खेलकुद मा आबद्ध संस्था एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा र एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा च्यासल रंगशाला ललितपुरमा असार २१ गते शुक्रबार बाट सुरु भएको एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता -२०८०…
Read More
एम्पुटी फुटबलको रौनक, खेलाडी हर्षित

एम्पुटी फुटबलको रौनक, खेलाडी हर्षित

बिकाश सिंह महता / असार २१ गते शुक्रबार काठमाडौ : नेपालमा खेलकुद क्षेत्रको बिकासका लागि एकाएक चहलपहल बढ्ने गरेको यो पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरुले खेलिने एम्पुटी फुटबलले काठमाडौमा रौनक ल्याएको छ। “स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ पारा राष्ट्रिय खेलकुद मा आबद्ध संस्था एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिताको उद्धघाटन भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा र एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा र च्यासल रंगशाला ललितपुरमा असार २१ गते शुक्रबार बाट एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता -२०८० को आयोजना गरेको हो। आज…
Read More
एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

ओमानमा आजदेखि सुरू हुन लागेको एसिसी प्रिमियर कममा नेपालले आज मलेसियासँग खेल्दैछ। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्। समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्। टी-२० फर्म्याटमा हुने कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख  ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।…
Read More
कंचनपुरका सागरले एकैपटक बनाए ३ राष्ट्रिय कीर्तिमान

कंचनपुरका सागरले एकैपटक बनाए ३ राष्ट्रिय कीर्तिमान

भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्। कंचनपुर स्थायी घर भएका उनले थाइल्यान्डमा भएको आइडब्लूएफ विश्वकप २०२४ स्नाचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार उचाल्दै तीन वटा नयाँ कीर्तिमान बनाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। यसअघि उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा स्नाचमा १३३ केजी उचालेका थिए। यस्तै उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा १७१ केजी उचालेका थिए। समग्रमा उनले यसअघि ३०३ केजी उचालेकोमा अहिले ३०६ केजी उचालेर नयाँ कीर्तिमान बनाए।  कुलमा ३ सय केजी माथि उचाल्ने सागर एक्ला नेपाली…
Read More
प्रथम लाल बहादुर महत स्मृति गोल्डकप- २०२४: २२ टिमको सहभागिता, खेल तालिका भोलि सार्वजनिक हुने

प्रथम लाल बहादुर महत स्मृति गोल्डकप- २०२४: २२ टिमको सहभागिता, खेल तालिका भोलि सार्वजनिक हुने

कञ्चनपुर : साउदी अरेबियामा सञ्चालन हुन प्रथम लाल बहादुर महत स्मृति गोल्डकप फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ। सोमबार एक सूचना सार्वजनिक गर्दै प्रतियोगितामा सहभागी हुने टिमहरु का लागि टिम दर्ता कार्यक्रम बन्द गरिएको प्रतियोगिता संयोजक पदम बहादुर महतको हस्ताक्षर सूचना सार्वजनिक गरिएको हो। उक्त सूचनामा टिम दर्ता बन्द गरिएको जानकारी गराइएको छ। ‘मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद अल फितरको सु-अवसरमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप -२०२४’ यहि १० र ११ अप्रिल २०२४ का दिन हुने फुटबल प्रतियोगीताको टिम दर्ता बन्द गरिएको जानकारी गर्दछौ। यस प्रतियोगीतामा भाग लिन दर्ता भएका टिमहरुको नामावली यसप्रकार रहेको छ। भनेर लेखिएको छ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search