१८ माघ २०८० १४:१८
१८ माघ २०८० १४:१८
उद्योगपति बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। बिहिवार केन्द्रिय अपराध अनुसार ब्युरो(सिआईबी) ले उनलाई काठमाडौको लैनचौरबाट पक्राउ गरेको हो। सिआईबीले अरुण सँगै अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ। ब्यापारी अरूण र थापालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ। सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिइन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ। उनीहरूले भटाभट सरकारी जग्गा विभिन्न मितिमा आफ्नो नाममा बनाएको देखिन्छ। यसबारे मन्त्रिपरिषदले कुनै पनि निर्णय गरेको पाइएन,’ स्रोतले भन्यो, ‘सबै मिलेमतोमा आफ्नो नाममा गरेको देखिन्छ। अहिले…