२३ असार २०८१ १७:५८
२३ असार २०८१ १७:५८
सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।समाजले आयोजना गरेको दोस्रो खप्तड कप प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको समाजले जनाएको छ । भलिबल संघको समन्वयमा सुप समाज दक्षिण कोरियाको आयोजनामा सुवनमा खेलिने प्रतियोगिताको टाइसिट यहि महीना को ०७ तारिख एभरेस्ट करि रेस्टुरेन्ट दोङदेमुनमा राखिएको छ । सुप समाजले लामो समय पछि आयोजना गर्न लागेको प्रतियोगितामाको यहि महिना ०७ तारीख आइतबार १२ बजे सम्म टिम दर्ता समय रहेको प्रतियोगिता का ब्यवस्थापन संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र रोकायाले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष रोकायाले लगभग दुई दर्जन भन्दा बढी टिम बिच प्रतिस्पर्धा गराइने जानकारी गराउदै…