२१ जेष्ठ २०८१ ०९:४०
२१ जेष्ठ २०८१ ०९:४०
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नेपाली विमानलाई रोक लगाउँदा नेपाली श्रमिकले चर्को भाडा तिर्नुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन् । युरोपियन आकाशमा अझै पनि नेपाली वायुसेवाहरूलाई उडानमा रोक कायम रहेको बताए । नेपालको राम्रो उडान गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया उडानमा वर्षौँदेखि नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएका कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको पनि उल्लेख गरे । सांसद ढकालले भने,‘कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुत्तरित छ । कोरियाबाट…