२९ माघ २०८१ १६:२८
२९ माघ २०८१ १६:२८
राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वलीलाई नियुक्त गरेका छन्। आज राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई राजदूत नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।