२ पुष २०८० १९:३६
२ पुष २०८० १९:३६
२ पुस, काठमाण्डौं - मेटाले आफ्नो फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई चाँडै ठूलो झटका दिने तयारी गरिरहेको छ। मेटाले आफ्नो सामाजिक प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा क्रस मेसेजिङको सुविधा बन्द गर्ने भएको छ । अब इन्स्टाग्राम प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा म्यासेज र फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राम डाइरेक्ट म्यासेजमा म्यासेज गर्न पाउने छैनन् । मेटाले तीन वर्षअघि यो सुविधा दिएको थियो । यो सेवा बन्द गर्नुको कारणबारे कम्पनीले जानकारी दिएको छैन । एक रिपोर्ट अनुसार, इन्स्टाग्राम प्रयोगकर्ताहरूले क्रस एप मेसेजिङ सम्बन्धी अलर्टहरू प्राप्त गरिरहेका छन्। यो सेवा डिसेम्बर मध्यसम्ममा बन्द हुने चेतावनीमा भनिएको छ । राहतको खबर यो हो कि यो सेवा बन्द भएपछि पनि…