१५ पुष २०८१ ०९:५१
१५ पुष २०८१ ०९:५१
महेश भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज दक्षिण कोरियाको कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत भट्टको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन भएको हो। कोरियाको राजधानी सौलमा बिहान ११ बजेदेखि कार्यसमितिको १८औ अधिवेशन भएको थियो। अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन्। सुदूरपश्चिम् समाज कोरियामा लामो इतिहास बोकेको सुदूरपश्चिमेलीहरुको…