Naya Update

म्याग्दीमा कृषि उपज बिक्री नहुँदा किसान हैरान

म्याग्दीमा कृषि उपज बिक्री नहुँदा किसान हैरान

म्याग्दीमा कृषि उपज बिक्री नहुँदा किसान हैरान

पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गरेका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक १४० लिटर दूध उत्पादन हुन्छ। बेनी बजारमा प्रतिलिटर १४० रुपैयाँका दरले दूध बिक्री हुन्छ तर खड्का दाजुभाईले प्रतिलिटर १२० मा बिक्री गर्दा पनि बजार पाएका छन्। नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु’, उनले भने, ‘बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ।’ एक वर्षअघि दुई सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपाली एक सय ८२…
Read More
कांग्रेस महामन्त्री गगन थापा दक्षिण कोरियामा

कांग्रेस महामन्त्री गगन थापा दक्षिण कोरियामा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा दक्षिण कोरिया पुगेका छन्। सनिवार बिहान नेपाल जनसम्पर्क समिति कोरियाका सभापति भजिन्द्र क्षेत्री लगायत अन्य पदाधिकारीहरुले थापाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। थापा नेपाल जनसम्पर्क समिति कोरियाले जुलाई २८ मा आयोजना गर्ने बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न कोरिया पुगेका हुन्। उनले आज बेलुका हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सभामा भाग लिन कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाल जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख किरणराज शर्मा पौडेलले आज दिउँसो १२:३५ मा विमानस्थलमा अवतरण गर्ने जनाइएको छ। गत मे महिनाको १९ तारिकमा जनसम्पर्क समितिका सभापति क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठकले जुलाई २८…
Read More
कोरियामा कृषितर्फ भाषा पास गरि रोस्टरमा रहेकाहरुले क्षेत्र परिवर्तन गर्न पाउने

कोरियामा कृषितर्फ भाषा पास गरि रोस्टरमा रहेकाहरुले क्षेत्र परिवर्तन गर्न पाउने

ईपीएस भाषा अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रतर्फ उत्तीर्ण भई रोस्टरमा रहेकाहरुले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन्। ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने इपिएस कोरिया शाखाले जनाएको छ। उनीहरूले २१ जुलाई २०२४ देखि २४ जुलाई २०२४ सम्म रोस्टर परिवर्तन गर्न चाहेको निवेदन शाखामा दिनुपर्नेछ। निवेदनमा राहदानी नम्बर, प्रवेशपत्र नम्बर, सम्पर्क नम्बर र सूचीमा नाम उल्लेख भएको सिरियल नम्बर राख्नुपर्नेछ।
Read More
एक बर्षमा नेपालीको भान्सामा पाक्यो २८ अर्ब बढीको तरकारी

एक बर्षमा नेपालीको भान्सामा पाक्यो २८ अर्ब बढीको तरकारी

नेपालीले एक वर्षमा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी खाएको पाइएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो। विभागको तथ्यांक अनुसार एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी नेपालमा आयात भएको छ। यस्तै नेपालबाट पनि केही मात्रमा तरकारी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ।तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ । यस्तै सरकारले एक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।    
Read More
त्रिशूलीमा अझै बेपत्ता छन् ८ गाडी र ८२ यात्रु

त्रिशूलीमा अझै बेपत्ता छन् ८ गाडी र ८२ यात्रु

आजभन्दा ८ दिनअघि दुईवटा गाडीसहित त्रिशूलीमा खसेका ३७ यात्रु अझै बेपत्ता छन्। चितवनको सिमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले बेपत्ता ६२ मध्ये २५ जनाको शव फेला परेका छन्। तर तीमध्ये १० वटा शवको सनाखत भइसकेको छैन। यी यात्रु बोकेर गएका दुई वटै बस भेटिएका छैनन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने भन्छन्, ‘अझै केहीको त फेला पर्ला, तर सबैको शव भेटिने सम्भावना न्युन हुँदैछ।’ नदीले बगाएर भारत पुर्‍याएका शव भारतीय सीमा सुरक्षा बल एसएसबीले फेला पार्न थालेको छ। शुक्रबार साँझ भारतको पश्चिम चम्पारण बगाहास्थित नहरमा एसएसबीले एउटा शव फेला पार्‍यो यसअघि बिहीबार पनि एसएसबीले भारतीय भूमिमै दुईवटा शव भेटेको थियो। अहिले…
Read More
मोटरसाइकल दुर्घटना हुँदा कंचनपुरमा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कंचनपुरमा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका कंचनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका ३२ वर्षीय नरेश नेगीको मृत्यु भएको हो छ। शनिबार भारतको रुद्रपुरस्थित न्यूरो सेन्टरमा उनको मृत्यु भएको हो। बिहीबार साँझ कृष्णपुर नगरपालिका–२ बनहरा पुल नजिक गाईसँग ठोक्किएर उनी घाइते भएका थिए। नेगीले चलाईरहेको सु.प.प्र ०२ ००३प ७६९२ नम्बरको मोटरसाइकल बनहरा नजिक गाईसँग ठोक्किएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बिरबहादुर बुढाऐरले बताए। घाइते भएपछि उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको रुद्रपुर लगिएको थियो। नेगी कृष्णपुर नगरपालिका–२ बाणी बजारमा साइकल पसल सञ्चालन गर्दै आएका थिए।
Read More
बाँकेमा एक वर्षमा ६३ सर्पको उद्धार

बाँकेमा एक वर्षमा ६३ सर्पको उद्धार

डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ। एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए। उनका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ। डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/८१मा  ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ। आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो। यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा…
Read More
कोरियामा श्रमिकहरुको आगामी बर्षको न्युनतम तलब निर्धारण

कोरियामा श्रमिकहरुको आगामी बर्षको न्युनतम तलब निर्धारण

इपिएस भाषा उत्तीर्ण गरि कोरियामा रहेका श्रमिकहरुको न्युनतम तलब निर्धारण भएको छ। न्युनतम तलब निर्धारण समितिको शुक्रबार बसेको ११औं बैठकले आगामी बर्ष सन् २०२५ का लागि न्युनतम तलब निर्धारण गरेको हो। कोरियामा सन् २०२५ को सबै श्रमिकको न्युनतम तलब प्रति घण्टा १० हजार ३० वोन निर्धारण भएको छ। यो तलब पछिल्लो बर्ष सन् २०२४ को लागि निर्धारण भएको तुलनामा १ सय ७० वोन (१.७%) ले बृद्दी भएको हो। यो निर्णय आगामी जनवरी १ बाट लागु हुनेगरी महिनामा २ सय ९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत अन्य श्रमिकले न्युनतम तलब २० लाख ९६ हजार २ सय ७० वोन पाउनेछन। ज्याला…
Read More
भीनपा ६ जगदम्बा टोलका शाहको पक्की घर विपद्को उच्च जोखिममा

भीनपा ६ जगदम्बा टोलका शाहको पक्की घर विपद्को उच्च जोखिममा

कञ्चनपुर, २५ असार चारदिनदेखिको लगातारको भिषण बर्षाले कञ्चनपुर जिल्लाभरी वाढी, कटानको महाविपत्ती निम्त्याईरहेका बेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा एक स्थानीय नागरिकको पक्की घर विपद्को उच्च जोखिममा रहेको छ। भीमदत्त नगरपालिका ६ ऐठपुर जगदम्बा टोलका मिन बहादुर शाहको पक्की घर विपद्को उच्च जोखिममा परेको हो। चुरेबाट भीनपा ३ र ६ को सीमा भएर बग्ने त्रिबेणी खोलाको कटानीले शाहको पक्की घर उच्च जोखिममा रहेको छ। शाहले नै निजी लगानीमा डेढ दशक अघि निर्माण गरेको पर्खाल(तटबन्ध) भत्काईदिएर घर नजिकैसम्म भत्किएको छ। ‘मैले निजी लगानीमा खोला घरतिर आउनबाट रोक्नका लागि पक्की पर्खाल निर्माण गरेको थिए, ‘उनले भने, ‘अहिले खोलामा आएको वाढीले पर्खाल भत्काईदिएको छ,दोस्रो पटक…
Read More
कोरियामा दोस्रो खप्तड भलिवल कप २०२४ को तयारी अन्तिम चरणमा

कोरियामा दोस्रो खप्तड भलिवल कप २०२४ को तयारी अन्तिम चरणमा

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।समाजले आयोजना गरेको दोस्रो खप्तड कप प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको समाजले जनाएको छ । भलिबल संघको समन्वयमा सुप समाज दक्षिण कोरियाको आयोजनामा सुवनमा खेलिने प्रतियोगिताको टाइसिट यहि महीना को ०७ तारिख एभरेस्ट करि रेस्टुरेन्ट दोङदेमुनमा राखिएको छ । सुप समाजले लामो समय पछि आयोजना गर्न लागेको प्रतियोगितामाको यहि महिना ०७ तारीख आइतबार १२ बजे सम्म टिम दर्ता समय रहेको प्रतियोगिता का ब्यवस्थापन संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र रोकायाले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष रोकायाले लगभग दुई दर्जन भन्दा बढी टिम बिच प्रतिस्पर्धा गराइने जानकारी गराउदै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search