Naya Update

ऐतिहासिक पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख 

ऐतिहासिक पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख 

ऐतिहासिक पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख 

पेरिस पारालम्पिक्समा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिएको छ। युवा तथा खेलकूद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार मै कार्यक्रम गरेर प्रधान्मन्त्री केपी शर्मा ओलीमार्फत पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। सरकारले प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरेको छ। राष्टिय खेलकूद विकास नियमावली अनुसार खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति सरकारले लिएको बताए। पलेशा नेपाली…
Read More
दक्षिण कोरियाको घट्दो जन्मदर बृद्धि गर्न सरकारका अनेक योजनाहरू असफल

दक्षिण कोरियाको घट्दो जन्मदर बृद्धि गर्न सरकारका अनेक योजनाहरू असफल

दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझै सफलता हात पारेको छैन । २०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसङ्ख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो । यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ । अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो । जसले जनसाङ्ख्यिक र सामाजिक…
Read More
दक्षिण कोरियामा सुदूरपश्चिमको युद्दकला समेटिएको भुवा पर्व मनाइने

दक्षिण कोरियामा सुदूरपश्चिमको युद्दकला समेटिएको भुवा पर्व मनाइने

सुदूरपश्चिममा चर्चित ऐतिहासिक युद्धकला समावेशको भुवा पर्व मनाइने भएको छ। सुदुरपश्चिमको संस्कृति कलाको संरक्षण, सम्बर्द्धन एवं प्रचारप्रसार गर्ने उद्देशले निर्मित सुदूरपश्चिम् समाज दक्षिण कोरियाले भदौ ३० मा कोरियामा भुवा पर्वको आयोजना गर्न लागेको हो। सन् २००५ मा स्थापित सुदूरका नौवटै जिल्लाको एउटै छाता संगठन सुदूरपश्चिम समाज दक्षिण कोरियाले विभिन्न उद्देश्य राखि सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ। यसपटक भने फरक उद्देश्य राखी हाम्रो गौरब हाम्रो सान, हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ सुदूरपश्चिमको कला संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा संरक्षण, समबर्द्धन र प्रचार प्रसारका निमित्त सेती महाकाली देउडा साँझ भाग–५ आयोजना हुने भएको छ। कार्यक्रमा सुदूरका राष्ट्रिय कलाकारलाई पनि आमन्त्रित गरिएको सुदूरपश्चिम…
Read More
कोरियामा “सेती महाकाली देउडा साँझ भाग-५” आयोजनाको तयारी

कोरियामा “सेती महाकाली देउडा साँझ भाग-५” आयोजनाको तयारी

दक्षिण कोरियामा नेपालीहरुद्वारा संचालित संस्था सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बरमा "सेती महाकाली देउडा साँझ भाग-५" नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। शुक्रबार सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ मा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक "हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापमा रहेको आयोजक सुदूरपश्चिम समाजले बताएको छ। राजधानी सौलमा बेलुका ४ बजेदेखि राती २ बजेसम्म संचालन हुने कार्यक्रममा सहभागी भई…
Read More
कोरियामा “तीज बिशेष कार्यक्रम” आयोजना हुँदै

कोरियामा “तीज बिशेष कार्यक्रम” आयोजना हुँदै

दक्षिण कोरियामा आउदो १८ अगस्टमा हरितालिका तीज पर्वको अवसरमा "तीज विशेष कार्यक्रम" को आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको (एनआरएनए) आयोजनामा आइतबार "तीज विशेष कार्यक्रम" को आयोजना हुन लागेको हो। मध्याह्न १२ बजेदेखि दिउँसो ६ बजेसम्म नेपाली थाई रेस्टुरेन्ट, दोङ्देमुनमा कार्यक्रम हुने जनाइएको छ। पछिल्लो समय ईपीएस प्रणाली मार्फत रोजगारीका लागि कोरिया जाने महिलाहरुको संख्या बढ्दो रहेको छ। एनआरएनए कोरियाले कोरियामा रहेका महिलाहरुका लागि प्रत्येक बर्ष तीज विशेषका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। आयोजक एनआरएनए कोरियाले कोरियामा रहेका सम्पुर्ण नेपालीहरुमा कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको कार्यक्रम संयोजक पार्वती मोक्तानले बताईन ।
Read More
खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबिरहेकी बालिका बचाउन जादा सोही खोलामा डुबि एक बृद्दको मृत्यु भएको छ। आज वडा नं १ हथिऔल स्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो। घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा बचाउन पसेका थिए। सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन्। अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी…
Read More
निर्माणाधीन झोलुङ्गे पुन बनिसकेको देखाएर साढे चार करोड रुपैयाँ भुक्तानी?

निर्माणाधीन झोलुङ्गे पुन बनिसकेको देखाएर साढे चार करोड रुपैयाँ भुक्तानी?

रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो। ती तीन वटै पुल बनिसकेका छैनन्। तर ठेकेदारले सबै भुक्तानी पाइसकेको विभिन्न दस्तावेजले देखाएका छन्। अधिकारीहरूका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे पुल बनाउने ठेक्का हरिहरि पिएस जेभीले पाएको छ। अधिकारीहरूका अनुसार कुसुम खोलामा एक करोड दुई लाख ६ हजार २२४ रुपैयाँ, भल खोलामा दुई करोड ५४ लाख ९१ हजार ७०१ र साक्चा खोलामा पुल बनाउन एक करोड ७ लाख ९१ हजार ३८७ रुपैयाँमा ठेक्का दिइएको…
Read More
नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न संसदमा थापाको ध्यानाकर्षण

नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न संसदमा थापाको ध्यानाकर्षण

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली ध्वजाबाहक सहितको नेपाल एयरलाइन्स विमान दक्षिण कोरिया ओहोरदोहोरको बाटो निर्माण गरि संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन्। थापाले नेपालीहरुले कोरिया जादा तिर्नुपर्ने जति भाडा छिमेकी कुनैपनि राष्ट्रहरुमा नभएको हुँदा यथासिघ्र यो विषयको समाधान गर्न मन्त्री बद्री पाण्डेयले पहलकदम चाल्नुपर्ने बताए। थापाले अहिले ईपीएसमा टेण्डर पनि खुलेको हुनाले मन्त्री पाण्डेयले नागरिक उड्डयन प्राधिकरणलाई थोरै चलाउदा नेपाली विमान कोरिया ओहोरदोहोर गर्ने बाटो खुल्ने बताए। दुई साताअघि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले…
Read More
पाकिस्तानी गुप्तचर संस्था पूर्व प्रमुख हामीद पक्राउ

पाकिस्तानी गुप्तचर संस्था पूर्व प्रमुख हामीद पक्राउ

पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन। पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ। पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ। फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो। गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ। अदालतले यदि फैज…
Read More
डेंगु सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाए

डेंगु सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाए

डेंगु सङ्क्रमणबाट हालसम्म नेपालमा दुईजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जनावरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो। मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ। देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ। तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ। यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन्।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search