१२ आश्विन २०८१ १४:४४
१२ आश्विन २०८१ १४:४४
वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ। ललितपुर र काठमाडौंमा नौं-नौं जना र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो। उपत्यकाबाहिर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार ९४७ सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानले १६२ स्थानमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा बोट परिचालन गरेको छ। सशस्त्रको टोलीले ७६० जनाको सकुशल…