Naya Update

सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

नुवाकोटको सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटना परि हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ। हेलिकप्टरमा पाइलट अरुण मल्ल बाहेक अरु चिनियाँ नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए। उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन्। रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो।
Read More
नुवाकोटमा हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाकी

नुवाकोटमा हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाकी

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको सेतोपाटीलाई बताए। शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। 'हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ उनले भने, ‘प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ।’ हेलिकप्टरमा सवार मानिसहरुको संख्या र दुर्घटनाको क्षती बारे खुल्न बाकी रहेको छ।
Read More
कक्षा १२ को नतिजा २०८० : रौलेश्वर बेलडाँडी पालिकामै प्रथम

कक्षा १२ को नतिजा २०८० : रौलेश्वर बेलडाँडी पालिकामै प्रथम

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो। गत बैशाख दोस्रो सातादेखि परीक्षा संचालन भएको कक्षा १२ को साउन १८ गते साझ परीक्षाफल प्रकाशित गरेको थियो। कक्षा १२ को परीक्षामा बेलडाँडीको रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ। बेलडाँडी गाँउपालिकामा कक्षा १२ को परीक्षमा तीन मात्रै सामुदायिक विद्यालय सहभागि भएका थिए। उक्त तीन विद्यालयको तथ्याङ्क अनुसार रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ। बेलडाँडी गाँउपालिका २ रौलेश्वर माविले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ६७ मा २६ विद्यार्थी उर्तिण भएका छन। एक मात्रै विषय लागेका २०, दुई विषय…
Read More
नेपाल एयरलाइन्स कोरिया आउने बाटो खोल्न तत्काल पहल गर्छु: गगन थापा

नेपाल एयरलाइन्स कोरिया आउने बाटो खोल्न तत्काल पहल गर्छु: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल एयरलाइन्सबाट दक्षिण कोरिया आउने बाटो खोल्न तत्काल पहल गर्ने बताएका छन्। नेपाली जनसम्पर्क समिति कोरियाद्वारा आयोजित बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन कोरिया पुगेका थापाले नेपाल एयरलाइन्स कोरिया सम्म आउने बाटो खुलाउन आफुले पहल गर्ने बताएका हुन्। उनले कोरियाबाट फर्केको भोलिपल्ट संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्री पाण्डेयलाई भेटेर पहल गर्ने आश्वासन व्यक्त गरे। उनले संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री आफ्नो पार्टीको साथी भएको हुँदा सहजता हुने बताए। 'नेपाल एयरलाइन्स बारे यहाँ पनि सुने नेपालमा पनि सुने। अब यहाँबाट फर्किसके पछाडि फर्केकै भोलिपल्टबाट मेरो काम यहाँबाट सरासर जाने हो मेरै पार्टीको…
Read More
युवाहरूमा अहिले आसा मरेको जस्तो अवस्था भएको छ: गगन थापा

युवाहरूमा अहिले आसा मरेको जस्तो अवस्था भएको छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा भइरहेको सत्ता समीकरण तथा राजनीति उथलपुथलले युवाहरुमा आसा मरेको जस्तो अवस्था भएको बताएका छन्। आईतबार दक्षिण कोरियामा जनसम्पर्क समिति कोरियाद्वारा आयोजित बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका गतिविधिबाट युवाहरूमा आसा मरेको जस्तो अवस्था आएको बताएका हुन्। उनले द्वन्दकालिन समय सम्झदै उक्त समयमा युवाहरूमा युद्ध सकिन्छ र सबै ठिक हुन्छ भन्ने आसा थियो रहेको बताए। तर, अहिले द्वन्द समाप्त भएको अवस्था रहेता पनी युवाहरुमा सत्ता उथलपुथलले आसा मरेको जस्तो देखिएको बताए। थापाले चर्को भासण गरेर मैले कांग्रेस नेता भएर अर्काेले एमालेको नेता भएर यो देशमा यो हुन्छ भन्ने हैसियत नभएको उल्लेख गरे।…
Read More
भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो: सांसद मोदी

भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो: सांसद मोदी

नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधिसभा सांसद अमनलाल मोदीले बर्तमान गठबन्धन भ्रष्टाचारसम्बन्धी फाइल बन्द बनेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुने बित्तिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन्। मोदीले 'भ्रष्टाचारका विभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ कि हुन्न भन्ने हेर्न बाँकी रहेको' उल्लेख गरे । उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए। त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए। सांसद मोदीले जनताको चाहना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने उल्लेख गरे।    …
Read More
पाथीभरामा ८ करोड भेटी मौज्दात

पाथीभरामा ८ करोड भेटी मौज्दात

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो। पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ। समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए। गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैंक…
Read More
लुटेरा समूहले गोली हानी अमेरिकामा एक नेपालीको हत्या

लुटेरा समूहले गोली हानी अमेरिकामा एक नेपालीको हत्या

अमेरिकाको टेक्ससमा लुटेराको समूहले गोली हानी एक नेपालीको हत्या गरेका छन्। टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ।   हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो। घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।
Read More
भारतलाई फाइनलमा स्तब्ध पार्दै श्रीलंका एसिया वुमेन्स च्याम्पियन

भारतलाई फाइनलमा स्तब्ध पार्दै श्रीलंका एसिया वुमेन्स च्याम्पियन

भारतमाथि सानदार जित निकाल्दै श्रीलंका पहिलोपटक एसिसी वुमेन्स एसिया कपको बिजेता बनेको छ। आइतबार रंगिरि डम्बुला स्टेडियममा भएको फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंका उपाधी जित्न सफल भएको हो। भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ बलमा पूरा गर्यो। श्रीलंका लागी हर्सिथा समराविक्रमाले सर्वाधिक ७९ रनको अविजित इनिङ खेलिन। उनले आफ्नो पारिमा ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन। श्रीलंकाका लागी अर्कि ब्याट्सम्यान कप्तान चमारी अट्टापटुले ६१ रनको अर्धसतकीय पारी खेलिन। यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १६५ रनको लक्ष्य तयार पारेको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान स्मृति मन्धानाले…
Read More
बर्षाले घर भत्किँदा एक किशोरी घाइते

बर्षाले घर भत्किँदा एक किशोरी घाइते

सुर्खेतको वीरेन्द्रनगरमा बर्षाले घर भत्किँदा एक किशोरी घाइते भएकी छन्। वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला निवासी खम्म बुढाको घर वर्षातको कारण भत्किँदा घरले च्यापिएर घाइते भएकी किशोरीको प्रहरीले उद्धार गरेको छ। खम्ब बुढाकी छोरी १५ वर्षीया शुशिला बुढालाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search