३२ श्रावण २०८१ १८:१५
३२ श्रावण २०८१ १८:१५
दक्षिण कोरियामा नेपालीहरुद्वारा संचालित संस्था सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बरमा "सेती महाकाली देउडा साँझ भाग-५" नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। शुक्रबार सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ मा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक "हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापमा रहेको आयोजक सुदूरपश्चिम समाजले बताएको छ। राजधानी सौलमा बेलुका ४ बजेदेखि राती २ बजेसम्म संचालन हुने कार्यक्रममा सहभागी भई…