२९ श्रावण २०८१ २१:१९
२९ श्रावण २०८१ २१:१९
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली ध्वजाबाहक सहितको नेपाल एयरलाइन्स विमान दक्षिण कोरिया ओहोरदोहोरको बाटो निर्माण गरि संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन्। थापाले नेपालीहरुले कोरिया जादा तिर्नुपर्ने जति भाडा छिमेकी कुनैपनि राष्ट्रहरुमा नभएको हुँदा यथासिघ्र यो विषयको समाधान गर्न मन्त्री बद्री पाण्डेयले पहलकदम चाल्नुपर्ने बताए। थापाले अहिले ईपीएसमा टेण्डर पनि खुलेको हुनाले मन्त्री पाण्डेयले नागरिक उड्डयन प्राधिकरणलाई थोरै चलाउदा नेपाली विमान कोरिया ओहोरदोहोर गर्ने बाटो खुल्ने बताए। दुई साताअघि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले…