२ जेष्ठ २०८१ १८:३३
२ जेष्ठ २०८१ १८:३३
बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो । संघका केन्द्रीय सदस्य दुर्गा पाठकले पदाधिकारीबिच सहमति भएको जानकारी दिँदै भने, ‘आजै निलम्बन फुकुवा हुन्छ । त्यसपछि प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाउनेछौँ ।’ आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् । नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)…