१७ जेष्ठ २०८१ ११:२०
१७ जेष्ठ २०८१ ११:२०
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। आगामी जुलाई २८ मा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रबासमा नेपालीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ। मे महिनाको १९ तारिक आईतबारका दिन जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठकले जुलाई महिनाको २८ तारिक आईतबारका दिन कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्। सबै राजनीतिक दल, सामाजिक सङ्गठनका…