१२ कार्तिक २०८० ०८:०१
१२ कार्तिक २०८० ०८:०१
लस एन्जलस, १२ कार्तिक । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत थिइन् । ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैँ आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्। विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यु योर्क पोस्टले उल्लेख गरेको छ । उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा…