८ चैत्र २०८० ११:५९
८ चैत्र २०८० ११:५९
धनुषामा एक युवकको हत्या भएको छ। जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमा भन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो। बिहीबार राति बियर खाएर साथीहरूबीच सामान्य विवादकै क्रममा साथीले उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा सोही ठाउँमा बस्ने मृतकका दुई साथीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ छन्। प्रहरीका अनुसार रोजा सकेर तीनै जना बियर खान गएको फर्किने बेला त्यो पैसा तिर्ने विषयमा भनाभन हुँदा एकजनाले चक्कु निकालेर घाँटीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका कैफलाई परिवारले उपचारका लागि…