२३ श्रावण २०८१ २१:०३
२३ श्रावण २०८१ २१:०३
धिरेन्द्र भट्ट। श्रावण २३ तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले २७ बर्षपछि भारतविरुद्दको एकदिवसीय(ओडिआई) क्रिकेट सिरिज जितेको छ। बुधबार राजधानी कोलम्बोको प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंकाले अन्तिम खेल जित्दै २७ बर्षपछि भारतविरुद्ध सिरिज जित्न सफल भएको हो। २ सय ४९ रनको लक्ष्य पाएको भारतले २६ ओभरमा १ सय ३८ मा अलआउट हुन पुग्यो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रन बनाउदा विराट कोहलीले २० रन जोडे। भारतलाई जितबाट रोक्न दुनिथ वेल्लालगेले ५ तथा महेश थेक्षाना र जेफ्री वान्डरसेले २-२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५०…