Naya Update

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । ‘...निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ)…
Read More
ईपीएस मार्फत वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने कोरियाको तयारी

ईपीएस मार्फत वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने कोरियाको तयारी

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदारलाई यो वर्षको अन्त्यमा लैजाने गरी गृहकार्य भइरहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बताए । ‘नेपाली श्रमिकहरूले दक्षिण कोरियाको अर्थतन्त्रका लागि योगदान गरिरहेका छन्,’ दक्षिण कोरियाली दूतावासले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत पार्कले भने, ‘नेपालबाट अहिलेसम्म ईपीएसअन्तर्गत उत्पादनमूलक, कृषि, सेवामूलक र शिक्षा क्षेत्रमा कामदार कोरिया गएका छन् ।’ दूतावासका अनुसार हालसम्म एक लाखभन्दा बढी नेपाली कोरियामा काम गरेर फर्किसकेका छन् । हाल ४४ हजार नेपाली कोरियामा कार्यरत रहेको दूतावासले जनाएको छ । ‘अहिले उत्पादन, कृषि, सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाली…
Read More
टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरको वेदकोट नगरपालिका घर भएका भट्ट गत बर्षको चैतमा दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेपछि भट्टको चैत २४ गतेदेखि भारतको दिल्ली स्थित सर गंगालाल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको 'ट्राउमेटिक सिफोर/सिफाइभ सब्लुक्सन र कर्ड कम्प्रेसनको साथ लिस्थेसिस' उपचारमा दैनिक एक लाख भारतीय रुपैयाँ भन्दा बढी लाग्ने बताइएको छ। घरको आर्थिक अवस्थाले भट्टको उपचार कार्यमा कठिनाई आइरहेको हुँदा उनको जीवन रक्षाका लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरिएको छ। उनको उपचारका लागि कोरियामा कार्यरत विभिन्न नेपाली श्रमिकहरुले ८ लाख…
Read More
सोनसिक द्वारा चितवन स्थित एक विद्यालयमा गाजाबाट बनेका झोला वितरण

सोनसिक द्वारा चितवन स्थित एक विद्यालयमा गाजाबाट बनेका झोला वितरण

दक्षिण कोरियामा अध्ययनरन नेपाली विद्यार्थीहरूले चितवन स्थित एक विद्यालयका विद्यार्थीहरूलाई गएको सोमबार गाजाबाट बनेका झोला वितरण गरेका छन्। कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) ले चितवनको राप्ती नगरपालिका वडा नं-८ स्थित बहिरा आधारभुत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई सोनसिक (सोनसिक) छात्रवृत्ति कार्यक्रम अन्तर्गत गत १७ गते सहयोग गरेको हो। सोनसिक छात्रवृत्ति कार्यक्रमका लागि सेन्टवी नामक रेमिटान्सले गत मार्च महिनामा नेपालमा पैसा पठाउदा लाग्ने हरेक रेमिट्यान्स सेवा शुल्कबाट ५०० कोरियन वन (लगभग रू ५०) का दरले जम्मा गरेर सहयोग रकम उपलब्ध गराएको थियो । छात्रवृत्ति वितरणका लागि भने नेपाली मिस इन्टरनेसनल सिता सुवेदीले समन्वयकारी भूमिका निर्वाह…
Read More
कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

सरकारको तयारी सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिइन्। त्यस्तै बैठकले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन बिकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्रैंक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने कोरिया अन्तर्राष्ट्रिय सहयोग निकायबाट पोखरा महानगरमा हुने हरित परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९ दशमलव  ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। बैठकले विपदबाट…
Read More
२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा 'लोटस लालटेन परेड' नामक कार्यक्रमको आयोजना हुने भएको छ। गत शुक्रबार नेपाली राजदूतावास दक्षिण कोरिया 'सिओल"ले विज्ञप्ति जारी गर्दै बुद्ध जयन्तीमाको अवसर पारी नेपाल बौद्ध परिवारको सँगको संयुक्त आयोजनामा कार्यक्रमको तयारी अगाडि बढेको जनाएको हो। विगत १,२०० बर्षदेखि बुद्ध जयन्तीमा कोरियामा हुँदै आएको परेडमा नेपाल बौद्ध परिवारको आयोजनामा नेपालीहरुको समेत सहभागिता रहदै आएको छ। यसबर्ष बैशाख २९ गते शनिबार दोङगुक विश्वविद्यालय स्थित 'ग्रान्ड प्लेग्राउण्ड' मा ३ बजेर ४५ मिनेट अगावै कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमले बुद्ध तथा लुम्बिनीको प्रचारमा थप टेवा पुग्ने जनाएको छ। यस बर्ष नेपाल-कोरियाको…
Read More
एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

ओमानमा आजदेखि सुरू हुन लागेको एसिसी प्रिमियर कममा नेपालले आज मलेसियासँग खेल्दैछ। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्। समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्। टी-२० फर्म्याटमा हुने कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख  ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।…
Read More
सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ। नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो। उक्त पुस्तक बिक्रीवितरणबाट १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले बताए। ‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही…
Read More
दक्षिण कोरिया आमनिर्वाचनमा विपक्षी दललाई बहुमत

दक्षिण कोरिया आमनिर्वाचनमा विपक्षी दललाई बहुमत

दक्षिण कोरियामा बुधबार सम्पन्न आमनिर्वाचनमा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत प्राप्त गरेको छ। निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ। दक्षिण कोरियामा कुल चार करोड ८२ लाख मतदातामध्ये ६७  प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विगत ३२ वर्षयताकै…
Read More
कंचनपुरका सागरले एकैपटक बनाए ३ राष्ट्रिय कीर्तिमान

कंचनपुरका सागरले एकैपटक बनाए ३ राष्ट्रिय कीर्तिमान

भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्। कंचनपुर स्थायी घर भएका उनले थाइल्यान्डमा भएको आइडब्लूएफ विश्वकप २०२४ स्नाचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार उचाल्दै तीन वटा नयाँ कीर्तिमान बनाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। यसअघि उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा स्नाचमा १३३ केजी उचालेका थिए। यस्तै उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा १७१ केजी उचालेका थिए। समग्रमा उनले यसअघि ३०३ केजी उचालेकोमा अहिले ३०६ केजी उचालेर नयाँ कीर्तिमान बनाए।  कुलमा ३ सय केजी माथि उचाल्ने सागर एक्ला नेपाली…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search