१८ चैत्र २०८१ ०७:३०
१८ चैत्र २०८१ ०७:३०
पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हुँदै छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटका लागि प्रारम्भिक चरणमा २८ खेलाडीको नाम समेत सार्वजनिक गरेको छ। आउँदो ‘मे’ महिनामा थाइल्याण्डमा हुने एशिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न खेलाडीको नाम सार्वजनिक गरेको हो। इन्दु बर्माको कप्तानिमा रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छ्न्। यस्तै कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई,…