Naya Update

युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ। बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्। साबित्रा धामीले १२ रन बनाइन्। टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन।  त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन्…
Read More
देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

पवन औजी/ महेन्द्रनगर। देउडा गायक महेन्द्र राम पार्कीको देउडा गीत "सुनकेसरी फुल" बोलको गीत सार्वजनिक गरिएको छ। मंगलबार गायिका लक्ष्मि नेपाली र गायक पार्कीको आवाजमा पुष्प जङ्ग कुँवर नामक युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो। बिक्रम ब. कुँवरको शब्द र पुष्प कुँवर लयमा रहेको उक्त गीतमा पुष्प कुँवर, चर्चित मोडेल मिस पबि, दिपेन्द्र बोकटी, आस्ना भण्डारीले अभिनय गरेका छन्। हेमन्त शिशिरको अरेन्ज, मिक्सिङ्ग रहेको उक्त गीत डि म्यूजिक स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो भने, गायक महेन्द्र राम पार्कीले अन्य गीतहरूलाई जस्तै दर्शक श्रोताले यस गीतलाई पनि माया गर्नेमा बिश्वस्त रहेका बताएका छन छन्। पछिल्लो समय देउडा गीत संगीतमा गायक…
Read More
महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन्। साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन्। 'अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने, ‘राजीनामा भन्दा पनि अब  छाड्छु। क्लबतिर जान्छु । यहाँ अरु नयाँ मान्छेहरु आउँछन्।’
Read More
‘यस वर्षको लक्ष्मीपूजा कार्तिक १६ गते उपयुक्त’

‘यस वर्षको लक्ष्मीपूजा कार्तिक १६ गते उपयुक्त’

विष्णुराज भट्ट कार्तिक शुक्ल द्वितीयालाई भ्रातृ द्वितीया, यम द्वितीया र भाइ टिका पनि भन्छन्। सुदूरपश्चिमका कुनै कुनै ठाउँ तिर यस दिनलाई दुत्त्ये भनेर भन्छन् जुन लोकबोलीमा प्रसिद्ध छ। यमुनाले यसै दिन यमको स्वागत सत्कार गरी यमलाई आफ्ना घरमा बोलाएर भोजन गराएको र यमले यमुना लाई पनि लुगा गहनाले सत्कार गरेको भन्ने कथा पनि पुराणहरूमा छ। कोही बिबाहित दिदीबहिनीहरु आफ्ना दाजुभाइ लाई टिका लगाउन माइती घर पनि जाने गरेका छन्। दाजुभाइलाई सेलरोटी, फलफूल आदि खान दिन्छन् भने दाजुभाइले दक्षिणा दिएर सत्कार गर्ने चलन रहेको छ। यसो गर्नाले दाजुभाइहरुको आयु, सुख ,समृद्धि बढ्ने ,पुष्टि हुने, नरक देख्न नपर्ने, यमुनाको प्रार्थना ले यमराजले…
Read More
पञ्चाङ्गको विवाद र २०८१ संवत्-को लक्ष्मीपूजा

पञ्चाङ्गको विवाद र २०८१ संवत्-को लक्ष्मीपूजा

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन स्वाद्ध्यायशाला, बुढानीलकण्ठ-६, काठमाडाैँ, नेपाल। acharyapramod622@gmail.com पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत नेपाली पञ्चाङ्गहरूमा लेखिएका लोकमा प्रसिद्ध चाडपर्वका दिनका विषयमा पनि वेलावेलामा विवाद उठिरहेका देखिन्छन्। यस्ता विवाद उठ्नुमा कालको र व्रतपर्वहरूको निर्णय गर्ने आधारभूत ग्रन्थहरूका विषयमा रहेको अस्पष्टता नै मुख्य कारण देखिन्छ। स्वाद्ध्यायशालाकुटुम्बले पहिल्यै ती आधारभूत ग्रन्थहरूका विषयमा नै विद्वान्हरूमा खुला छलफल भै सिद्धान्त स्पष्ट हुन पर्ने कुरा भन्दै आएको छ। यसै कुरालाइ स्पष्ट गरी “दशैँको निर्णय कुन शास्त्रका आधारमा गर्ने” भन्ने निबन्ध नै २४ वर्ष अगाडि नै प्रकाशित गरेको थियो (नेपालसमाचारपत्र, २०५७।६।१५)। किन्तु त्यस विषयमा खुला विमर्श धेरै चलेको छैन। धर्मका विषयमा शासकीय पक्षबाट निर्णय थोपर्ने वा नियन्त्रण गर्ने…
Read More
दुर्लभ हिउँचितुवाको अवलोकन सर्वसाधारणका लागि खुला

दुर्लभ हिउँचितुवाको अवलोकन सर्वसाधारणका लागि खुला

सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ। मोरङमा फेलापरेको हिउँचितुवालाई शनिबारदेखि सदर चिडियाखाना जाउलाखेलमा सर्वसाधारणले हेर्न पाउने गरी सार्वजनिक गरिएको हो। मोरङको उर्लाबारीबाट नौ महिना अघि उद्धार गरिएको हिउँचितुवाको स्वास्थ्य ठिक भएपछि सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको हो। वन तथा वातावरणमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव नरेश सुवेदीले हिउँचितुवा सार्वजनिक गरे। कञ्चनजङ्घा हिमालबाट बाटो बिराएर खोलाको तीरैतीर मोरङको मानव बस्ती पुगेको अनुमान गरिएको हिउँचितुवाको नाम कञ्चन राखिएको उनले बताए।
Read More
करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ। चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो। उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए। सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए। बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु…
Read More
वैदिक सनातन धर्ममा शास्त्रको भूमिका!

वैदिक सनातन धर्ममा शास्त्रको भूमिका!

    निरञ्जन सुवेदी वैदिक सनातन वर्णाश्रम धर्ममा अहिंसा को विधान ब्रह्मचर्य र सबैभन्दा कडा अहिंसा को विधान त संन्यास आश्रमका लागि उपदिष्ट गरिएको छ। जस्तै वेदाध्ययनं गर्ने ब्रह्मचारी ले बुटो काटेर काठ ल्याउन हुदैन, स्त्री सहवास मद्य र मांस भोजन गर्नु हुदैन र यज्ञका लागि काठ पनि स्वयं सुकेर तल झरेका काठ नै बटुलेर ल्याउनु पर्छ किनकि काठ काट्दा पनि हिंसा हुन्छ। संन्यासीले स्वयं तल झरेका फल नै ग्रहण गर्नुपर्छ किनकि फल टिप्दा पनि हिंसा हुन्छ, संन्यासी ले भोजन पकाउने साग, सब्जी टिप्ने काट्ने जस्ता हिंसक कार्य बोट विरुवा फल सब्जी काट्ने हिंसक कार्य गर्नु हुदैन, यस्तै काठ काटेर…
Read More
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। बुधबार राति मुम्बईको एक अस्पताल उनको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा सोमबार भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।  रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। भारत सरकारले रतन टाटालाई पद्म विभूषणबाट सम्मान गरेको थियो।
Read More
एक लिटर पानीको चौबर मुल्य लिएपछि रेस्टुरेन्टलाई २ लाख जरिवाना

एक लिटर पानीको चौबर मुल्य लिएपछि रेस्टुरेन्टलाई २ लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगर ६ लेकसाइडस्थित द ओल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। अधिकतम खुद्रा मूल्यभन्दा चौबर बढी मूल्य लिएको पाइएपछि प्रशासनले बुधबार द ओल्ड लानलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो। अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ। यो कसूर गरे वा गराएमा दुई लाखदेखि तीन लाख जरिवाना गर्न सक्ने प्रावधान छ। यो रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई एक सय रुपियाँमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search