Naya Update

शास्त्र र परम्परामा पशुबलिको व्यवस्था

शास्त्र र परम्परामा पशुबलिको व्यवस्था

शास्त्र र परम्परामा पशुबलिको व्यवस्था

विष्णुराज भट्ट सनातन वैदिक वर्णाश्रम धर्मलाई सामान्य बोलीचालीमा हिन्दू धर्म भन्दछन्। यसका मूल ग्रन्थहरु स्व शाखा वेदका मन्त्र संहिता, व्राह्मण ग्रन्थ, धर्मसूत्र, स्मृतिहरु, पुराणहरू, महाभारत, रामायण आदि पर्दछन्। नेपाली व्राह्मणहरु मुख्यतया शुक्ल यजुर्वेदी माध्यन्दिनिय-वाजसनेयि शाखाका हुनाले र उनीहरुलाई गुरु पुरोहित मानेर कार्य गर्ने अन्य जातिको पनि मूल कर्मकाण्डको आधार शुल्क यजुर्वेद नै हो। शास्त्र भनेको मन्त्र द्रष्टा ऋषिको वचन हो। जुन ग्रन्थमा उल्लेख गरिएको पाइन्छ। मानवले निर्णय गर्न नसक्ने विषय ऋषिहरूले निर्णय गरेका हुन्छन्। त्यसकारण मानव तर्क शास्त्रमा काम लाग्दैन। भनाइको मतलब शास्त्र नै अन्तिम निर्णय गर्ने आधार हो। परम्परा शब्दले कुलमा पहिल्यै देखि पुर्खाले आचरण गरेको वा अपनाएको चलन…
Read More
छतमा यात्रु बोके २० हजार जरिवाना

छतमा यात्रु बोके २० हजार जरिवाना

जोखिमपूर्ण तरिकाले निर्बाध रूपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही थालेको छ। यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको हो। खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढंगले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बाटोमै रोकेर २० हजारसम्म जरिबाना गराइएको छ। पटक–पटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा जानकारी…
Read More
रक्सी पिउन छाड्नेलाई पुरस्कार

रक्सी पिउन छाड्नेलाई पुरस्कार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा आवद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद रु पाँच हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो। अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिए। “अत्यधिक मात्रामा पादक पदार्थ सेवनले समाजमा झैझगडा हुनाका साथै परिवारसमेत विखण्डन हुने गरेका धेरै घटनाहरु छन् । त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने…
Read More
दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा 'बृहत दशैँ महोत्सव २०२४' को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गर्दै बृहत महोत्सव आयोजनाको तयारी थालिएको हो। कोरियामा क्रियाशील संस्थाहरु एनआरएनए दक्षिण कोरिया, पाँच स दक्षिण कोरिया र अन्सान नगरपालिकाले कार्यक्रम आयोजनाको जिम्मा लिएका छन्। कार्यक्रम समन्वयनमा नेपाली राजदुतावास र सहजीकरणको भुमिकमा नेपाली सम्पर्क समिति दक्षिण कोरिया रहेका छन्। अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान शहरमा आयोजना हुने बृहत दसैं कार्यक्रममा पञ्चेबाजा सहित नगर परिक्रमा, देवी पूजा, टिका जमरा कार्यक्रम, नेपाली परिकारका खानाहरुको व्यवस्था समेत मिलाइएको छ। जसलाई दशैँ महोत्सवका मुख्य आकर्षणको रूपमा जनाइएको छ। अन्य आकर्षणहरु नेपाली तथा कोरियन…
Read More
क्यानडासँग पुनः पराजित नेपाल

क्यानडासँग पुनः पराजित नेपाल

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पुनः पराजित भएको छ। गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो। एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ। यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ। अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ। फाइनलमा पुग्न नेपाललाई जित्नै…
Read More
प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्। ‘अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न’ सर्वदलीय बैठक आह्वान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ। आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्।  सिंहले आह्वान गरेको सर्वदलीय बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ।  
Read More
उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ। ललितपुर र काठमाडौंमा नौं-नौं जना र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो। उपत्यकाबाहिर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार ९४७ सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानले १६२ स्थानमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा बोट परिचालन गरेको छ। सशस्त्रको टोलीले ७६० जनाको सकुशल…
Read More
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्‍याएको छ। माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ। बाँधका सम्पूर्ण ढोका (गेट) हरु खुल्ला गरिएको छ। बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याने नहर (कल्भर्ट) मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत…
Read More
नख्खु खोलाले बगाएका ३ जनाको उद्धार, १ अझै बेपत्ता

नख्खु खोलाले बगाएका ३ जनाको उद्धार, १ अझै बेपत्ता

ललितपुरको नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनालाई उद्धा गरिएको छ। ललितपुरका एसएसपी शेखर खनालका अनुसार दुईजना बालबालिका र एकजना वयस्कलाई उद्धार गरिएको छ। बाढीले बगाएका चार जनामध्ये ३ जनाको उद्दार गरी पाटन अस्पताल पठाइएको छ। एक जना भने अझै बेपत्ता रहेका छन्। ललितपुर महागनरपालिका–१४ स्थित नखिपोटबाट उनीहरुलाई बाढीले बगाएको थियो । उद्धार गरिएका ३ जना खतरामुक्त छन्। स्थानीय, प्रहरीको विपद् ब्यवस्थापनका टिम र सशस्त्रका गोताखोरले डुंगाको सहायताले उद्धार गरेका हुन्।    
Read More
असोज १३ गतेदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने

असोज १३ गतेदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने

दशैंका लागि पर्सि आइतबारदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताउनु भएको छ। सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन्। ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो। यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search