१५ श्रावण २०८१ १४:३२
१५ श्रावण २०८१ १४:३२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा भइरहेको सत्ता समीकरण तथा राजनीति उथलपुथलले युवाहरुमा आसा मरेको जस्तो अवस्था भएको बताएका छन्। आईतबार दक्षिण कोरियामा जनसम्पर्क समिति कोरियाद्वारा आयोजित बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका गतिविधिबाट युवाहरूमा आसा मरेको जस्तो अवस्था आएको बताएका हुन्। उनले द्वन्दकालिन समय सम्झदै उक्त समयमा युवाहरूमा युद्ध सकिन्छ र सबै ठिक हुन्छ भन्ने आसा थियो रहेको बताए। तर, अहिले द्वन्द समाप्त भएको अवस्था रहेता पनी युवाहरुमा सत्ता उथलपुथलले आसा मरेको जस्तो देखिएको बताए। थापाले चर्को भासण गरेर मैले कांग्रेस नेता भएर अर्काेले एमालेको नेता भएर यो देशमा यो हुन्छ भन्ने हैसियत नभएको उल्लेख गरे।…