१२ श्रावण २०८१ ०७:१२
१२ श्रावण २०८१ ०७:१२
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा दक्षिण कोरिया पुगेका छन्। सनिवार बिहान नेपाल जनसम्पर्क समिति कोरियाका सभापति भजिन्द्र क्षेत्री लगायत अन्य पदाधिकारीहरुले थापाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। थापा नेपाल जनसम्पर्क समिति कोरियाले जुलाई २८ मा आयोजना गर्ने बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न कोरिया पुगेका हुन्। उनले आज बेलुका हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सभामा भाग लिन कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाल जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख किरणराज शर्मा पौडेलले आज दिउँसो १२:३५ मा विमानस्थलमा अवतरण गर्ने जनाइएको छ। गत मे महिनाको १९ तारिकमा जनसम्पर्क समितिका सभापति क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठकले जुलाई २८…