२० फाल्गुन २०८१ ०८:१५
२० फाल्गुन २०८१ ०८:१५
कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल-भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम सहित दुई जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र सोही नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना रहेका छन्। दुवैलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।