Naya Update

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

वैदेशिक राेजगारीकाे प्रलोभन देखाएर ठगी गरेकाे आराेपमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कंचनपुरको शुक्लाफाँटा नगरपालिका-१ का २५ वर्षीय भुवन कार्की प्रकाउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो। उनले बेरोजगार युवा/युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। उनले अहिलेसम्म १ करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए। आकर्षक तलब/सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भए। सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।  …
Read More
देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति कोरियाको नयाँ कार्यसमिति गठन

देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति कोरियाको नयाँ कार्यसमिति गठन

भरत देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। मंगलबार सम्पन्न समितिको पाचौं अधिवेशन मार्फत देवकोटाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन भएको हो। गण्डकी प्रदेश समाज तथा गोर्खा परिवार दक्षिण कोरियाका सल्लाहकार खेमराज देवकोटाको प्रमुख अतीथ्यता एवं समाजका सल्लाहकार हेमन्त शाहको विशिष्ट आतिथ्यता र नेपाल पत्रकार महासंघ कोरिया शाखाका महासचिव बासुदेव भट्टको विशेष अतिथ्यतामा कोरियाको सुवन स्थित नमस्ते क्याफेमा अधिवेशन आयोजना गरिएको थियो। नव गठित कार्यसमितिको अध्यक्षमा भरत देवकोटा, बरिष्ठ उपाध्यक्षमा रमेश हमाल ठकुरी, उपाध्यक्ष खुसिराम औधरी , कृपाराम रिजाल, भिम बढेका, महासचिव धनसिंह बिश्वकर्मा, सचिव सन्तोष चन्द, कोषाध्यक्ष नारायण वली, सदस्य देपेश शुक्ला, गौरव…
Read More
वि.सं. २०८२ को दूर्वाष्टमी (गोरा पर्व) भाद्रशुक्लपक्षमा पर्ने!

वि.सं. २०८२ को दूर्वाष्टमी (गोरा पर्व) भाद्रशुक्लपक्षमा पर्ने!

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन विगत १५ वर्षदेखि काठमाडाैँस्थित स्वाध्यायशालाबाट प्रकाशन हुँदै आए‌को वैदिकतिथिपत्र (वैदिक पात्रो) को संवत्‌ २०८२ को अङ्‌कमा दूर्वाष्टमी (गोरा पर्व) को समय अहोरात्रात्मक वैदिकतिथिअनुसार इषशुक्ल अष्टमी तिथि २०८२।५।१४ गते शनिवार अहोरात्रभर पर्ने र दृक्-सिद्ध गणनाअनुसारको लौकिक तिथिअनुसार भाद्रशुक्ल अष्टमी तिथि भाद्र १५ गते अर्धरात्रिपश्चात् १:१६ बजे सम्म रहने हुँदा २०८२ भाद्र १५ गते आइतवार (२०२५ अगष्ट ३१ तारिख) का दिन पर्ने उल्लेख हुनु पर्नेमा अन्यथा हुन गएकाले दूर्वाष्टमी(गोरा पर्व) को समय सच्च्याएर माथि भनिएअनुसार पढ्न अनुरोध गरिएको छ। साे जानकारी वैदिकतिथिपत्रका सम्पादक प्रा.डा. प्रमोदवर्धन कौण्डिन्न्यायनले गराउनु भए‌को हो। साथै उहाँले यस विषयमा ध्यानाकर्षण गराएकामा ज्यो. श्री गणेश पन्तसमेतका ज्योतिर्विद्हरू…
Read More
‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भएको छ। भेटका क्रममा नेपाल र दक्षिण कोरियाचीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे गहन छलफल भयो। त्यस्तै, इपिएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउने सम्बन्धी कार्यविधि, इपिएस उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारलाई जतिसक्दो छिटो रोजगारमा पठाउने विषयमा छलफल भएको हो। सीप बिल्डिङ लगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरी उडानका लागि पर्खाईमा रहेका नेपाली कामदारहरुलाई छिटो, सरल र सहज ढंगबाट दक्षिण कोरिया पठाउन सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको…
Read More
ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा तोकियो, भ्याटसहित प्रतिटिकट ५४ हजार

ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा तोकियो, भ्याटसहित प्रतिटिकट ५४ हजार

ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ ।वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ । बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको…
Read More
कोरियाली राष्ट्रपति युनसुक लाई पक्राउ गर्न अदालतको आदेश

कोरियाली राष्ट्रपति युनसुक लाई पक्राउ गर्न अदालतको आदेश

एजेन्सी-सिओलको एक अदालतले दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति युन सुक योललाई सैनिक शासन लगाउने असफल प्रयासमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ। सिओलको पश्चिमी जिल्ला अदालतले उच्च अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान कार्यालय (CIO) को अनुरोधमा पुर्जी जारी गरेको हो। राष्ट्रपति युनमाथि डिसेम्बर ३ मा असफल सैनिक शासन घोषणा गर्ने योजना बनाएको, विद्रोहको नेतृत्व गरेको, र शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। यस अनुसन्धानको सिलसिलामा सिओलको योंगसानस्थित राष्ट्रपतिको निवासमा छानबिन गर्न अदालतले खोजी पुर्जी पनि जारी गरेको छ।सिआईओले राष्ट्रपति युनलाई तीन पटक बोलाएको थियो तर उपस्थित नभएकोले पक्राउ पुर्जीको लागि निवेदन दिएको बताएको छ।
Read More
बिना योग्यता ध्यान योगको पछि नलागौं!

बिना योग्यता ध्यान योगको पछि नलागौं!

चार आश्रम मध्ये गृहस्थाश्रमको वेदादि शास्त्रमा प्रत्यक्ष विधान हुनाले यो आश्रम नै प्रधान र सबैभन्दा श्रेष्ठ आश्रम हो, र अन्य सबै आश्रम को आश्रय र आधार पनि गृहस्थ नै हो। गृहाश्रमात् परो धर्मो न दृष्टो न च वै श्रुतः। वासिष्ठादिभिराचार्यैर् ज्ञानिभिः समुपाश्रितः॥ (देवी भा. १ः१४ः६०) ऐकाश्रम्यं त्वाचार्याः प्रत्यक्षविधानाद् गार्हस्थ्यस्य गार्हस्थ्यस्य॥ (गौ. ध. सू. १ः३ः३५) यो विषय पनि कथित बाबा/ धर्मगुरु बन्दै हिँडेका नाना वेषधारीले आँफ्ना शिष्यकोटि चेलाहरुलाइ उपदेश गरे राम्रो हुने थियो,  चेलाहरुले सुन्ने थिए। तर बाबाजीहरुले यस्तो उपदेश न दिएर राधे-राधे हरे-हरे राम-राम शिव-शिव नारायण-नारायण गर्दै भौँतारिँदै हिड भन्ने खाले उपदेश र सबैलाई वर्णाश्रमजातिकुलभेदादि नहेरि एकैनासो धर्मोपदेश दिन्छन्। सन्न्यास…
Read More
भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

महेश भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज दक्षिण कोरियाको कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत भट्टको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन भएको हो। कोरियाको राजधानी सौलमा बिहान ११ बजेदेखि कार्यसमितिको १८औ अधिवेशन भएको थियो। अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन्। सुदूरपश्चिम् समाज कोरियामा लामो इतिहास बोकेको सुदूरपश्चिमेलीहरुको…
Read More
पाकिस्तानलाई हराउँदै नेपाल यू-१९ महिला एसिया कपको सुपर-४ मा

पाकिस्तानलाई हराउँदै नेपाल यू-१९ महिला एसिया कपको सुपर-४ मा

एसिसी यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर-४ मा प्रवेश गरेको छ। समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल समूहको अन्तिम खेलअघि सुपर-४ मा पुगेको हो। समूहमा यसअघि भारतले पाकिस्तानलाई पराजित गरेको छ। नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ। समूहमा तीन टोली मात्र छन्। भारतसँगै खेल्नुअघि नै सुपर-४ मा पुगेको नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन्। नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य १९ ओभरमा विकेट ४ क्षतिमा पूरा गर्‍यो। पूजाले नटआउट ४७ रन जोड्ने क्रममा ४७ बलमै ३ चौका प्रहार गरिन्। ६ टोलि…
Read More
स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। स्टार स्पोर्ट्स दक्षिण एसियाका ६ वटा देशमा प्रसारित हुने खेलकुद च्यानल हो। क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन्। यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ। क्यान बोर्डले एनपीएल प्रसारणको अधिकार स्टार स्पोर्ट्सले पाएसँँगै यो प्रतियोगिताले थप अन्तरास्ट्रिय उचाइ प्राप्त गर्ने भएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search