२ पुष २०८० १२:३१
२ पुष २०८० १२:३१
एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको १९ दिने मध्यपहाडी संकल्प यात्रा १ पुसमा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भएको छ । यात्राको क्रममा अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयाससमेत भयो । यसै पृष्ठभूमिमा एमालेको ‘संकल्प यात्रा’, राष्ट्रिय राजनीति, सरकार, दलहरूले चलाइरहेको ‘मिसन ८४’लगायतका विषयमा महासचिव शंकरपोखरेलसँग नयाँ पत्रिकाका शुरोजंगपाण्डेले गरेको कुराकानी : सुदूरपश्चिम बैतडीको झुलाघाटदेखि पूर्वको पाँचथरको चिवाभन्ज्याङसम्मको १९ दिने मध्यपहाडी संकल्प यात्रामा एमालेले जनताका प्रमुख सरोकार र समस्याहरूलाई मूलभूत रूपमा कसरी अनुभूत गरेको छ ? पहिलो, अभियानको विशेषताबारे प्रकाश पारेपछि तपाईंले खोजेको प्रश्नको जवाफमा प्रवेश गर्छु । हामीले मंसिर १४ देखि वैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डा फहराएर अभियानको शुभारम्भ गर्यौँ । विभिन्न ठाउँमा सभा आयोजना…