Naya Update

फारवेस्टन कर्पोरेट क्रिकेट कपको पाँचौ संस्करण हुँदै

फारवेस्टन कर्पोरेट क्रिकेट कपको पाँचौ संस्करण हुँदै

फारवेस्टन कर्पोरेट क्रिकेट कपको पाँचौ संस्करण हुँदै

धिरेन्द्र भट्ट। फाल्गुन ४ सुदुरपश्चिममा ८१ हजार प्रथम पुरस्कार रहेको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। कंचनपुरको महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजना तथा हेल्पिङ ग्रुपको सहकार्यमा सुदूरपश्चिमको सबैभन्दा ठूलो "फारवेस्टन कर्पोरेट क्रिकेट कप" को पाँचौ संस्करण आउँदो फाल्गुन १२ गतेबाट संचालन हुन लागेको हो। यसअघि फागुन ५ गतेबाट संचालन हुने भनिएको प्रतियोगिता विविध कारण बस फागुन १२ गते बाट हुने भएको छ। सुदूरपश्चिमान्चल विश्व बिधालयको खेल मैदानमा प्रतेक बिदाका दिनहरुमा खेलहरु हुनेछन। प्रतियोगितामा सुदूरपश्चिम भरिका २० टिमहरुले सहभागीता जनाउने तय भएको छ। प्रथम पुरस्कार ८१ हजार रकम रहेको प्रतियोगिताको द्दितिय हुने टिमले ४१ हजार रकम सहित ट्रफी र प्रमाण पत्र पाउने…
Read More
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु

कंचनपुरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको यातायातको सु प्र०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस बुधबार राति १ बजे कपिलवस्तु स्थित शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बस बाटोबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। दुर्घटनामा ३० जना घाइते भएकामा ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको स्थानीय सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ।    
Read More
‘कथित पत्रकार’ भन्दै दोधारा चाँदनीका कर्मचारीले निकालेको विज्ञप्तिमा आपत्ति

‘कथित पत्रकार’ भन्दै दोधारा चाँदनीका कर्मचारीले निकालेको विज्ञप्तिमा आपत्ति

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका कर्मचारीले ‘कथित पत्रकार’ भन्दै निकालेको विज्ञप्तिमा पत्रकारहरुले आपत्ति जनाएका छन्। विज्ञप्तिमार्फत सार्वजनिक रुपमा पत्रकारमाथि लालछना लगाएकोप्रति पत्रकारहरुले आपत्ति जनाएका हुन। दुई पत्रकार समातिएको घटना लगत्तै सार्वजनिक रुपमा विज्ञप्तिमार्फत ‘कथित पत्रकार’ भन्दै निजामती कर्मचारीले पत्रकारिता क्षेत्रमै आक्रमण गर्न खोजेको उनीहरुको निष्कर्ष छ। ‘समाचारका विषयमा आपत्ति भए मिडिया हाउस तथा प्रेस काउन्सिलमा गुनासो गर्न पाउँछ। विज्ञप्तिमार्फत सार्वजनिक रुपमा पत्रकारमाथि लालछना लगाउनु आपत्तिजनक छ,’ नेपाल पत्रकार महासंघ बैतडीका पूर्वअध्यक्ष समेत रहेका सीमारेखा डटकमका सम्पादक राजेन्द्र नाथले भने, ‘यसले पत्रकारको मनोबल गिराएको छ। स्वतन्त्र पत्रकारितामाथि हमला गरेर कमजोर पार्न खोजिएको देखिन्छ।’ यस्तै ‘कथित पत्रकार’ भन्दै निकालिएको कर्मचारीको विज्ञप्ति सामाजिक…
Read More
मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरिया कार्यसमिति गठन

मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरिया कार्यसमिति गठन

मुकेश सन्चुरीको नेतृत्वमा विश्वकर्मा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार सम्पन्न विश्वकर्मा समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनबाट होटलव्यवसायी सेन्चुरीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन भएको हो। अधिबेशनको उदघाटन गर्दै एनरआरएन अध्यक्ष बुद्धि गुरुङले संगठन नै बल हो समाज रुपान्तरणको लागी आफै अगाडि बढ्नु पर्ने बताउनु भयो। कोरिया बसाइ सहज सरल गर्न, स्वस्थ र खानपान ,स्ट्र्स ब्यबस्थापन गर्न जान्नु पर्ने बताउदै नेपाल सम्पर्क समितिका अध्यक्ष हरी प्रसाद खनालले समाजसंग सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो। समाज अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा कास्की परीवारका संरक्षक खोम प्रसाद गुरुङ, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, कास्की परिवारका…
Read More
कोरियाको बुसान स्थित समुद्री तटमा खुल्यो नेपाली भारतीय परिकारको रेस्टुरेन्ट

कोरियाको बुसान स्थित समुद्री तटमा खुल्यो नेपाली भारतीय परिकारको रेस्टुरेन्ट

दक्षिण कोरियाको बुसान शहरमा नयां ईण्डियन तथा नेपाली रेष्टिुरेण्ट 'रोयल ईण्डिया' खुलेको छ। पर्यटकहरूको आकर्षक गन्तव्य मानिएको हेउन्दे समुन्द्री तट नजिकै रहेको रोयल ईण्डिया रेष्टुरेण्टमा सम्पूर्ण नेपाली तथा भारतिय परिकारहरूको स्वाद लिन सकिने सन्चालक नारायन शर्माले बताए। शर्माका अनुसार नेपालीहरूलाई सलनालको अवसरमा बिशेष छुटका साथ सेवा उपलब्ध गराईरहेको भन्दै सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरेका छन्।
Read More
फेब्रुअरी २ मा प्रेमपत्र प्रतियोगिता आयोजना हुने

फेब्रुअरी २ मा प्रेमपत्र प्रतियोगिता आयोजना हुने

फेब्रुअरी २ मा प्रेमपत्र प्रतियोगिता आयोजना हुँदै कैलालीको धनगढीमा प्रेमपत्र दिवस आयोजना हुने भएको छ। आउदो फाल्गुन २ मा भ्यालेन्टाइन डे(प्रणय दिवस) को अवसर पारी सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिताको आयोजना गर्न लागेको हो। मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो। आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ। प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ। प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ। आयोजकले premchanad2075@gmail.com अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन…
Read More
मंगोलियन हार्टले लामो अन्तरालपछी दक्षिण कोरियामा सांगीतिक कार्यक्रम गर्दै

मंगोलियन हार्टले लामो अन्तरालपछी दक्षिण कोरियामा सांगीतिक कार्यक्रम गर्दै

मंगोलियन हार्ट' ले दक्षिण कोरियामा सांगीतिक यात्रा गर्ने भएको छ। ब्यान्डले कोरियामा ५ वर्षपछि सांगीतिक प्रस्तुति दिन लागेको हो। यसअघि मंगोलियन हार्टले ५ बर्ष अघि दक्षिण कोरियामा प्रस्तुति दिएको थियो। गतवर्ष मंगोलियन हार्टले अस्ट्रेलियामा सांगीति प्रस्तुति दिएको थियो। आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबि लामाले जानकारी दिए। नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाले आफ्नो चर्चित गीतहरू गाउने छन्। वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली,…
Read More
शुक्लाफाँटा नगरपालिकामा बालबालिकालाई न्यानो लुगा वितरण

शुक्लाफाँटा नगरपालिकामा बालबालिकालाई न्यानो लुगा वितरण

कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा न्यानो लुगाहरु वितरण गरिएको छ। पालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयहरु मध्ये ५ वटा विद्यालयमा न्यानो लुगा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ। चाईना फाउन्डेसनको सहयोगमा ग्लोबल कर्पोरेसन फर डेभलोपमेन्ट र शुक्लाफाँटा नगरपालिकाको समन्वयमा गरिव,दलित जनजाती,विपन्न परिवारका वालवालिकाहरुलाई लुगा वितरण गरिन लागेको हो।जिल्लामा रहेका १ हजार २ सय ४९ जना विद्यार्थीहरुलाई यो न्यानो लुगाको कार्यक्रममा सहभागी गरिएको ग्लोबल कर्पोरेसन फर डेभलोपमेन्टका फिल्ड सुपरभाईजर हरी प्रशाद सुवेदीले बताउनु भयो। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ दिपनगर मा रहेको श्री दिपनगर आधारभूत बिद्यालय दिपनगर मा १२६ जना बिद्यार्थीहरु र वडा नम्बर ९ सिसैया कन्चनपुरमा रहेको श्री मंगल…
Read More
बेलडाँडीका लोकेन्द्रको नेतृत्वमा एकै खेलमैदानमा १८ बर्ष अघि रौलेश्वर र अहिले एपिएफलाई उपाधी

बेलडाँडीका लोकेन्द्रको नेतृत्वमा एकै खेलमैदानमा १८ बर्ष अघि रौलेश्वर र अहिले एपिएफलाई उपाधी

विकास सिंह महता। माघ २१ शनिबार कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सम्पन्न भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्बललाई पाईयो। १४ माघ उद्घाटनकै दिनदेखि लिग चरणका प्रतियोगितामा निरन्तर एपिएफ क्बलले जित हासिल गर्दै उपाधी चुमेको हो । एपिएफ क्बलले पहिलो दिन मधेश प्रदेश, दोस्रो दिन कोसी प्रदेश, चौथोदिन सुदूरपश्चिम प्रदेश, पाँचौ दिन गण्डकी प्रदेशसंग जितेर सेमिलाईनल हुँदै छैटौँ दिन त्रिभुवन आर्मी क्लबसंग जित्दै फाईनलमा पुगेकोे सातौँ दिन सशस्त्र प्रहरीले गण्डकीसंग (३–१) सेटले हराउँदै उपाधी जित्न सफल भएको हो । एपिएफले पाचौँ दिन लिग चरणमा समेत गण्डकीलाई (३–१) कै सेटले हराएको थियो । सशस्त्र प्रहरीको विभागिय…
Read More
विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा

विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा

बलिउड अभिनेत्री अनुष्का सर्मा र चर्चित क्रिकेटर विराट कोहली छिट्टै नै दोस्रो सन्तानको अभिभावक बन्ने पक्का भएको छ। दक्षिण अफ्रिकी पूर्व क्रिकेटर ए.बि डिविलियर्सले इन्स्टाग्राम लाइभमा आफ्ना फ्यानहरुसँग विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा रहेको खुलासा गरेका हुन्। डिविलियर्स विराट आवद्ध रहेको रोयल च्यालेन्जर्स ब्याङ्गलोर क्लबका पूर्व खेलाडी एवं उनका मित्र समेत हुन्। ती क्रिकेटरले आफ्ना फ्यानसँगको विशेष कुराकानीमा यो कुरा भनेपछि विराट कोहली र अनुष्का शर्माका फ्यानहरू खुसीले उफ्रिरहेका छन्। शनिबार भारत र इङ्ल्यान्डबीच भएको ५ म्याचको श्रृंखलाबारे बुझ्न आफूले विराट कोहलीलाई फोन गरेको डिभिलियर्सले जनाए। सो क्रममा उनले कोहली ठीकठाक रहेको, परिवारसँग समय बिताउँदै बसेको तथा कोहली दम्पती…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search