२ पुष २०८० १०:५५
२ पुष २०८० १०:५५
२ पुष, काठमाण्डौं — चालु आर्थिक वर्ष २०८०÷८१ को शरुवाती पाँच महिनामा सरकारी वित्त करिब ६९ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ । गत पाँच महिनाको अवधिमा आर्जन भएको सरकारको आम्दानीभन्दा सोही अवधिमा भएको खर्च बढी हुँदा यस्तो अवस्था आएको हो । मंसिर ३० सम्म सरकारको कुल आम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ छ । यसका आधारमा मंसिर मसान्तसम्म सरकारी वित्त करिब ६९ अर्बले घाटामा देखिएको हो । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । महालेखा नियन्त्रक…