२९ चैत्र २०८० १६:२०
२९ चैत्र २०८० १६:२०
दक्षिण कोरियामा बुधबार सम्पन्न आमनिर्वाचनमा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत प्राप्त गरेको छ। निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ। दक्षिण कोरियामा कुल चार करोड ८२ लाख मतदातामध्ये ६७ प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विगत ३२ वर्षयताकै…