२३ माघ २०८० १४:११
२३ माघ २०८० १४:११
मंगोलियन हार्ट' ले दक्षिण कोरियामा सांगीतिक यात्रा गर्ने भएको छ। ब्यान्डले कोरियामा ५ वर्षपछि सांगीतिक प्रस्तुति दिन लागेको हो। यसअघि मंगोलियन हार्टले ५ बर्ष अघि दक्षिण कोरियामा प्रस्तुति दिएको थियो। गतवर्ष मंगोलियन हार्टले अस्ट्रेलियामा सांगीति प्रस्तुति दिएको थियो। आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने ब्यान्डका म्यानेजर तथा गितारिस्ट बबि लामाले जानकारी दिए। नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाले आफ्नो चर्चित गीतहरू गाउने छन्। वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली,…