१९ फाल्गुन २०८१ ०८:१२
१९ फाल्गुन २०८१ ०८:१२
दक्षिण कोरियामा 'सेभेन ए साइड फुटबल प्रतियोगिता' आयोजना हुने भएको छ। नाम्जी एफ.सी. कोरियाको आयोजनामा पहिलो संस्करणको 'सेभेन ए साइड फुटबल प्रतियोगिता' आगामी अप्रिल १३ देखि चिल्सेवो स्पोर्ट्स पार्कमा आयोजना हुने लागेको हो। प्रतियोगिताको स्लोगन "स्वस्थ रहन जीवनमा खेलकुद" रहेको छ। आयोजकले प्रतियोगितामा सहभागी भएर आफ्नो टिमको उत्कृष्ट प्रदर्शन देखाउन अपिल गरेको छ। आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि ३ लाख ५० हजार कोरियन वन(३३ हजार ५ सय ५८ नेपाली रुपैयाँ) शुल्क तय गरेको छ। टिम दर्ताको लागि अन्तिम म्याद अप्रिल ५ सम्मको लागि छुट्याइएको छ। प्रतियोगिताको विजेता टिमले ४० लाख कोरियन वन(३ लाख ८३ हजार ५ सय २७ नेपाली रुपैयाँ),…